Technology Khabar १८ असार २०८२, बुधबार
काठमाडौं ।
बीवाईडी आफ्नो १० लाखौं सीगल कम्प्याक्ट इलेक्ट्रिक गाडी (इभी) उत्पादन गर्ने कोशेढुङ्गामा पुगेको छ, जुन कम्पनीको सबैभन्दा किफायती मोडेलको लागि एक महत्वपूर्ण उपलब्धि हो।
नयाँ ऊर्जा सवारी साधन (एनईभी) निर्माताले सोमबार चीनमा आयोजित एक कार्यक्रममा यो अवसर मनायो र कम्पनीले युरोपमा डल्फिन सर्फ भनेर चिनिने सीगलको लागि नयाँ संस्करण प्रस्तुत गर्यो।
सीगल पहिलो पटक अप्रिल २०२३ मा चीनमा ७३ हजार ८०० युआन (१०,३०० अमेरिकी डलर) को सुरुवाती मूल्यमा लन्च गरिएको थियो, जसले यसलाई बीवाईडीको सबैभन्दा किफायती मोडेल बनायो।
अगस्ट २०२४ मा, बीवाईडीले चीनमा ‘२०२५ सिगल’ लन्च गर्यो। यस वर्षको फेब्रुअरीमा, बीवाईडीले सिगल स्मार्ट ड्राइभिङ संस्करण रोल आउट गर्यो, जसमा ६९,८०० युआन, ७५,८०० युआन र ८५,८०० युआनको सुरुवाती मूल्यका तीन भेरियन्टहरू प्रदान गरियो।
यसका साथै कार्यक्रममा, बीवाईडीले ७८,८०० चिनियाँ युआन मूल्यको सिगलको नयाँ संस्करण घोषणा गर्यो, जसमा ४०५ किलोमिटरको सीएलटीसी दायरा रहेको छ।
यो नयाँ भेरियन्टले उच्चतम मूल्यको भेरियन्ट जस्तै दायरा प्रदान गर्दछ तर यसमा प्यानोरामिक इमेजिङ, ड्यासक्याम र सेन्टिनेल मोड जस्ता सुविधाहरूको अभाव रहेको छ।
प्रकाशित: १८ असार २०८२, बुधबार