मन्जुश्री फाइनान्सको नयाँ वेबसाईट सार्वजनिक

  • Technology Khabar | १७ असार २०८२, मंगलवार
मन्जुश्री फाइनान्सको नयाँ वेबसाईट सार्वजनिक

काठमाडौं ।

मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो नयाँ परिमार्जित वेबसाईट सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको यो वेबसाईट ग्राहक मैत्री तथा अत्यन्तै जानकारीमुलक रहेको छ।

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी ग्राहकलाई थप सेवा दिने उद्देश्यले यो वेबसाइटलाई प्रयोगकर्ता मैत्री बनाईएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले बताए।

यो वेबसाइटबाट प्रयोगकर्ताले संस्थाको बारेमा जानकारी, संस्थाको प्रडक्ट तथा सेवाहरुको जानकारी, पब्लिक डिस्क्लोजर अन्तर्गतको सम्पूर्ण जानकारी तथा वेबसाईटबाट नै अनलाईन खाता खोल्ने सुबिधा, अनलाईन एफडीको सुबिधा तथा वेब बैंकिङ्ग मार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुबिधा सजिलै उपयोग गर्न सक्ने कम्पनीको भनाई छ।

यो परिमार्जित वेबसाईटले ग्राहक सेवा लाई अझै बलियो र सुद्रिढ बनाउन, तथा संस्थाको पब्लिक डिस्क्लोजरमा अझै पारदर्शिता ल्याउन मदत पुग्ने विश्वास संस्थाले गरेको छ। अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्न सधै अग्रसर मन्जुश्री फाइनान्सले आफ्ना ग्राहकवर्गको लागि सधै नवीनतम सेवाहरु ल्याइरहेको जनाएको छ।

प्रकाशित: १७ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...