साइबर सुरक्षामा इजरायलको साथ खोज्दै जर्मनी, ‘साइबर डोम’ मा मिलेर काम गर्ने योजना

  • Technology Khabar | १६ असार २०८२, सोमबार
साइबर सुरक्षामा इजरायलको साथ खोज्दै जर्मनी, ‘साइबर डोम’ मा मिलेर काम गर्ने योजना
फाइल तस्बिर

काठमाडौं ।

जर्मनीले जर्मन-इजरायली संयुक्त साइबर अनुसन्धान केन्द्र स्थापना गर्ने र दुवै देशका गुप्तचर तथा सुरक्षा निकायहरूबीच सहकार्य अझै गहिरो बनाउने लक्ष्य राखेको छ। यो जानकारी जर्मनीका आन्तरिक मन्त्री अलेक्ज्याण्डर डोब्रिन्ड्टले आइतबार दिएका हुन्।

युरोपमा इजरायलका नजिकका सहयोगीमध्ये जर्मनी एक हो, र हालै रुस र चीनबाट बढ्दो खतरा महसुस भइरहेका बेला जर्मनीले आफ्नो सैन्य क्षमतामा वृद्धि गर्न र नाटोमा योगदान बढाउन इजरायलको रक्षा अनुभवलाई उपयोग गर्ने प्रयास गर्दै आएको रोयटर्सले उल्लेख गरेको छ।

“सुरक्षाको यो मोडमा सैन्य रक्षा मात्रै पर्याप्त छैन। हाम्रो समग्र प्रतिरक्षा क्षमता बलियो बनाउन नागरिक सुरक्षाको महत्वपूर्ण उन्नयन पनि आवश्यक छ,” डोब्रिन्ड्टले इजरायल भ्रमणका क्रममा जर्मन पत्रिका बिल्डलाई उद्धृत गर्दै भनेका छन्।

गत महिना नयाँ जर्मन चान्सलर फ्रेडरिक मर्जद्वारा नियुक्त डोब्रिन्ड्ट शनिबार इजरायल आएका थिए।

बिल्डको रिपोर्ट अनुसार, डोब्रिन्ड्टले जर्मनीको साइबर सुरक्षा रणनीतिको हिस्सा स्वरूप “साइबर डोम” निर्माण गर्न पाँच बुँदे योजना प्रस्तुत गरेका छन्।

त्यसैदिन आइतबार, बाभेरियन प्रधानमन्त्री मार्कुस सोएडरले जर्मनीलाई इजरायलको छोटो दूरीको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जस्तै “आइरन डोम” प्रणाली जडान गर्न २,००० इन्टरसेप्टर मिसाइल खरिद गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...