Technology Khabar १५ असार २०८२, आईतवार
काठमाडौं ।
नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा अध्ययनरत आकृतिकुमारी झाले भनिन्, “पढेको कुरा बुझेर एकाग्र भएर पढ्टा सफल हुन सकिने रहेछ।”
यस वर्षको एसइई परीक्षामा उनले चार जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्।
“परीक्षामा सफल हुनका लागि राति अबेरसम्म पढ्नेभन्दा पनि सामाजिक सञ्जालबाट टाढा रहेर समय व्यवस्थापन गर्दा पढेको बुझिने रहेछ भन्ने मैले अनुभव गरेको छु” उनले भनिन्। सोही विद्यालयबाट चार जिपिए ल्याउने अर्का विद्यार्थी विवेक सिलवालले भने, “नजानेको कुरा सोध्न लजाउने र असजिलो मान्ने गर्न हुँदैन।”
“मैले आफैँ प्रश्न बनाउने र उत्तर लेख्ने गरेको थिएँ । हरेक प्रश्नको हल गर्ने, सबै प्रश्न सोधिन सक्छ भन्ने मानेर पढ्नु पर्छ,” उनले बताए। अहिले हामीलाई समस्या बनाएको नेपाली र सामाजिक भाषा विषय हो। “यस्ता विषयमा जति लेखे पनि नम्बर कम आउने भयो,” उनले भने, “त्यसैले नबुझेको कुरा शुद्धाशुद्धीमा शिक्षकलाई सोधेरै लेख्न पर्छ।”
आकृतिका अभिभावक सन्तोषकुमार झाले अतिरिक्त कक्षा पढ्न नमान्ने भएपछि छोरोलाई सफल सामाजिक व्यक्तिसँग परिचय गराएको बताए। ‘उनको सफलताको विषय थाहा पाएपछि पढ्नु पर्छ भन्ने हौसला छोरीमा विकास भयो र मेहनत गर्न थालेको हो’, उनले भने।
विद्यालयका सामाजिक शिक्षक खिमानन्द सापकोटाले पढाइको वातावरण बनाइदिने, सोधेको समयमा सिकाइदिने सोधेको समयमा सिकाइदिने गरेमा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्ने बताए। । नारायणी माविबाट यस वर्ष ३६७ जनाले एसइई परीक्षा दिएका थिए । तीमध्ये सात जनाले चार जिपिए ल्याएको परीक्षा शाखाका प्रमुख अधिकारीले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: १५ असार २०८२, आईतवार