Technology Khabar १४ असार २०८२, शनिबार
काठमाडौं ।
सेरेस नेपालले असार १२ गतेदेखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने “मनसुन एक्सचेन्ज क्याम्प”को आधिकारिक सुरुवात गरेको छ। यस अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्।
यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको उल्लेख छ।
कम्पनीकाअनुसार, यस लिमिटेड-टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरू लाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ। योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश रहेको कम्पनीले बताएको छ।
कम्पनीकाअनुसार, नेपालमा यसको सेरेस ३ (SERES 3) मोडलले आफ्नो शक्ति र इन्जिनियरिङ उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटर उचाइको कठिन कोरलानाका पार गरेर इतिहास बनाएको छ।
अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डो इलेक्ट्रिक भेइकलशो (PEVS)” मा तीन ओटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुन: प्रमाणित गरेको छ।
यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: १४ असार २०८२, शनिबार