यस्ता छन् दूरसञ्चार प्राधिकरणको सूचीमा परेका इन्फर्मेसन सिस्टम र क्लाउड सेक्यूरिटी अडिटर संस्था

  • Technology Khabar | ११ असार २०८२, बुधबार
यस्ता छन् दूरसञ्चार प्राधिकरणको सूचीमा परेका इन्फर्मेसन सिस्टम र क्लाउड सेक्यूरिटी अडिटर संस्था

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आईएस अर्थात् इन्टरनेट सुरक्षा अडिटर तथा क्लाउड अडिटरको सूची सार्वजनिक गरेको छ।

सूचना जारी गरेर प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि छानिएका आईएस अर्थात् इन्टरनेट सुरक्षा अडिटर तथा क्लाउड अडिटरको सूची सार्वजनिक गरेको हो।

प्राधिकरणले गत कार्तिकमा साइबर सुरक्षा परामर्श/अडिट सेवा दिँदै आएका संघसंस्थालाई आईएस अडिटर/क्लाउडका रुपमा सूचीबद्ध गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो।

ती कार्यहरुमा इन्फर्मेसन सेक्युरिटी (आईएस) अडिट वा क्लाउड सेक्युरिटी अडिट गर्नुपर्नेछ। यसमा दूरसञ्चार सेवा प्रदायक, मोबाइल अपरेटर, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकजस्ता लाइसेन्स लिएका कम्पनीहरूको अडिट समावेश हुने प्राधिकरणले जनाएको छ।

उक्त आह्वान अनुसार आवेदन दिएका  परामर्श/अडिट फर्महरूलाई प्राधिकरणले “योग्यता मापदण्ड” को आधारमा आफ्नो रोस्टरमा शर्ट लिस्ट गरेको हो।

सूचीबद्ध हुन सफल भएका यी संस्थाले साइबर सुरक्षा विनियमावली २०७७ को बुँदा ५५ तथा ५७ ४ मा तोकिए बमोजिमको कार्य गर्नुपर्ने छ।

इन्फर्मेसन सिस्टम अडिटर
क्र. सं.  परामर्शदाता संस्थाको नामठेगाना
क्रिप्टोजेन नेपाल प्रा लीनागपोखरी काठमाडाैं, नेपाल
ग्रीनटिक नेपाल प्रा लीमैतिदेवी काठमाडाैं, नेपाल
एमिनेन्स वेज प्रा लीसेतोपुल काठमाडाैं, नेपाल

 

क्लाउड सिस्टम अडिटर
क्र. सं.  परामर्शदाता संस्थाको नामठेगाना
क्रिप्टोजेन नेपाल प्रा लीनागपोखरी काठमाडाैं, नेपाल
ग्रीनटिक नेपाल प्रा लीमैतिदेवी काठमाडाैं, नेपाल

 

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • ११ असार २०८२, बुधबार