भिभो एक्स२०० एफई सार्वजनिक

Technology Khabar १० असार २०८२, मंगलवार

काठमाडौं ।

भिभोले कम्प्याक्ट फोन प्रेमीहरूको लागि भिभो एक्स२०० एफई आधिकारिक रुपमा लन्च गरेको छ। ताइवानमा घोषणा गरिएको यो डिभाइस चाँडै नै विश्वव्यापी बजारमा आउने अपेक्षा गरिएको छ।

यो कम्प्याक्ट फोनको ७२ मिमी भन्दा कम चौडा र १५१ मिमी अग्लो बडिमा ६.३१ इन्चको एएमओएलईडी, तीनओटा ५० मेगापिक्सेलको क्यामरा र ६,५००एमएएच ब्याट्री समावेश गरिएको छ।

एक्स२०० सिरिजको पछिल्लो भिभो एक्स२०० एफईमा फिङ्गरप्रिन्ट स्क्यानर र ५० मेगापिक्सेलको सेल्फी क्यामरको साथ एफएचडी+ १२०हर्ज सहितको ६.३१ इन्चको एएमओएलईडी समावेश गरिएको छ।

एक्स२०० एफईको सटिक आयाम १५०.८३ ह ७१.७६ ह ७.९९ मिमी र यसको तौल १८६ ग्राम रहेको छ। त्यसैगरी डिभाइसलाई आईपी६८ र आईपी६९ वाटर एण्ड डस्ट रटिङङ गरिएको छ।

एक्स२०० एफईमा रहेका ब्याट्री डिभाइसको सबैभन्दा प्रभावशाली पक्ष भएको बताइएको छ। भिभोले डिभाइसमा ९० वाट चार्जिङलाई समर्थन गर्ने ठूलो ६,५००एमएएच सिलिकन कार्बन ब्याट्री जडान गरेको छ।

भिभोको आन्तरिक परीक्षणहरूका अनुसार यो सेल (ब्याट्री) २५ घण्टाभन्दा बढी युट्युब प्लेब्याक र ९.५ घण्टा गेमिङको लागि टिक्नुपर्ने दावी गरिएको छ। साथै डिभाइस केवल ५७ मिनेटमा पूर्ण चार्ज हुने उल्लेख गरिएको छ।

एक्स२०० एफईमा मिडियाटेकको चिपसेट, विशेष गरी डाइमेन्सिटी ९३००+ एसओसी समावेश गरिएको छजसलाई १२जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ३.१ स्टोरेजसँग पेयर्ड गरिएको छ। त्यसैगरी सफ्टवेयर पक्ष एन्ड्रोइड १५ मा आधारित फनटच ओएस १५ द्वारा कभर गरिएको छ।

भिभो एक्स२०० एफई पछाडिको भागमा जाइस अप्टिक्स सहितको तीनवटा ५० मेगापिक्सेलको क्यामराहरू उपलब्ध रहेका छन्। डिभाइसको क्यामरा प्रणालीमा एफ/१.८८ एपर्चर र ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य लेन्स (आईएमएक्स९२१), एफ/२.६५ एपर्चर भएको १/२–इन्चको ५० मेगापिक्सेलको प्रिज्म पेरिस्कोप (आईएमएक्स८८२) र ८ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल समावेश गरिएका छन्।

भिभो एक्स२०० एफई कालो, गुलाबी, पहेंलो र नीलो रङ्गहरूमा उपलब्ध हुनेछ भने डिभाइसको मूल्य निर्धारण र उपलब्धता विवरणहरू साझा नगरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १० असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया