चीनमा रहेका चिप निर्माताहरु माथिको सम्भावित अमेरिकी प्रतिबन्धबारे दक्षिण कोरियाले कुरा उठाउने

  • Technology Khabar | १० असार २०८२, मंगलवार
चीनमा रहेका चिप निर्माताहरु माथिको सम्भावित अमेरिकी प्रतिबन्धबारे दक्षिण कोरियाले कुरा उठाउने

काठमाडौं ।

दक्षिण कोरियाका प्रमुख व्यापार वार्ताकारले आइतबार उनी यस साता वाशिङ्टनमा अमेरिकी अधिकारीहरूसँग भेट्दा चीनमा रहेका चिप निर्माता कम्पनीहरू माथि लाग्न सक्ने सम्भावित अमेरिकी प्रतिबन्धबारे कुरा गर्ने बताएका छन्।

“म उद्योग क्षेत्रका मानिसहरूको चिन्ता सन्देश पुर्याउनेछु र अत्यधिक सावधानी अपनाउनेछु,” दक्षिण कोरियाका व्यापार मन्त्री यो हान-कुले वाशिङ्टन प्रस्थान गर्नुअघि पत्रकारहरूसँग भनेका थिए।

अमेरिकाले विदेशी चिप निर्माता कम्पनीहरूको चीनमा सञ्चालनलाई कठिन बनाउने नीतिहरू अपनाउने हो कि भन्ने चिन्ता उठिरहेकै बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

रोयटर्सका अनुसार, दक्षिण कोरियाले जुलाईको म्यादमा अडिन नपर्ने पनि हुनसक्ने र यसको अर्थ जुलाई ८ पछिसम्म पनि वार्ता जारी रहन सक्ने योले बताएका छन्। अमेरिका भित्रको राजनीतिक तथा आर्थिक अन्योलका कारण उनले यस्तो संकेत गरेका हुन्।

हाल दक्षिण कोरियाले १० प्रतिशत को सार्वभौम भन्सार महसुल भोगिरहेको छ, भने २५ प्रतिहत देश-विशेष शुल्कलाई ९० दिनको लागि स्थगन गरिएको छ। अप्रिलको अन्त्यतिर सुरु भएको व्यापार वार्ताको पहिलो चरणमा दक्षिण कोरिया र अमेरिका बीच जुलाई ८ भित्र महसुल घटाउने व्यापार सम्झौता तयार पार्ने सहमति भएको थियो।

यो हान-कुलाई यसै महिनाको सुरुमा राष्ट्रपति ली जे म्युङले मन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपतिको रूपमा उनले जुन ३ मा आकस्मिक निर्वाचन जितेका थिए र चुनाव अभियानकै क्रममा उनले अमेरिका सँगको व्यापार सम्झौता गर्न हतार गर्न नपर्ने बताएका थिए।

आफूले ह्वाइट हाउस र अमेरिकी कङ्ग्रेसका अधिकारीहरूसँग भेट गरी व्यापारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने यो ले बताएका छन्।

प्रकाशित: १० असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...