ताजा समाचार

शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड
Global IME Bank

व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ।

शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री खत्रीले विद्युतीय सवारी साधनको बढ्दो मागलाई सकारात्मक संकेतका रुपमा लिँदै वातावरण प्रदूषण न्यूनीकरण र इन्धनको बचतका लागि इभी गाडीको प्रयोग अनिवार्य जस्तै भइसकेको बताए। साथै, उनले सेवा विस्तारसँगै गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै यातायात व्यवसायीसँग दीर्घकालीन सहकार्य गर्न शशीला मोटर्सलाई सुझाव पनि दिए।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले आगामी दिनमा इभीको प्रयोग अझै तीव्र हुने भएकाले ग्राहकको आवश्यकता अनुसार सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए।

शशीला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खड्काले नेपालगञ्ज शाखा कम्पनीको चौथो शाखा भएको जानकारी दिँदै सेवा विस्तार ग्राहकको माग अनुसारकै रहेको बताए। उनका अनुसार शशीला मोटर्सले हाइगर, किटोन, भ्यान्चे, चेरी वान्डा र रुइसुजस्ता चर्चित ब्रान्डहरूसँग साझेदारी गर्दै नेपालमा यी ब्रान्डका व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै छ।

कार्यक्रममा शशीला मोटर्स नेपालगञ्ज शाखाबाट इभी गाडी खरिद गर्ने ग्राहकहरूलाई चाबी तथा विशेष उपहार प्रदान गरिएको आएको जनाएको छ।

Sajilo Visa
easy care