
काठमाडौं ।
अमेजनले भारतमा पूर्वाधार विस्तार गर्न २३३ मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ।
कम्पनीले बिहीबार भनेअनुसार यो लगानी सञ्चालन पूर्वाधार विस्तार, डेलिभरी सञ्जालका लागि नयाँ उपकरण विकास, र कर्मचारीहरूको सुरक्षा तथा कल्याण कार्यक्रमका लागि हुनेछ।
अमेजनले भनेको छ, “यो लगानीले देशका सबै पिनकोडमा डेलिभरी सेवा पुर्याउने हाम्रो प्रयासलाई अझ बलियो बनाउनेछ।” ब्लग पोष्टमार्फत कम्पनीले जानकारी दिँदै भन्यो, “यस लगानीले प्रशोधन क्षमता वृद्धि, सामान पठाउने गति सुधार, र सञ्चालन सञ्जालमा कार्यक्षमता वृद्धि हुनेछ।”
यस लगानी अन्तर्गत, कम्पनीले आफ्ना ठेकेदार र कर्मचारीहरूलाई सहयोग पुर्याउने केही पहिल्यैका पहलहरू जारी राख्ने बताएको छ। यसमा डेलिभरी गर्ने कर्मचारीका लागि विश्राम स्थान निर्माण, वित्तीय शिक्षा र सहयोग, कर्मचारीका बच्चाका लागि छात्रवृत्ति, र ट्रक चालकहरूका लागि स्वास्थ्य सेवामा सहयोग समावेश छन्।
अमेजनले डेलिभरी कर्मचारीहरूको नेभिगेसन, सुरक्षा र समग्र डेलिभरी प्रक्रियामा सहायता पुर्याउने नयाँ सफ्टवेयर तथा उपकरण विकास पनि गरिरहेको जनाएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ८ असार २०८२, आईतवार