ताजा समाचार

फोनको सेल्फी क्यामराले अब डिप्रेसन पत्ता लगाउन सकिने

फोनको सेल्फी क्यामराले अब डिप्रेसन पत्ता लगाउन सकिने
Global IME Bank

इमोबोट, एक मेडिकल उडिभाइस एपले प्रयोगकर्ताहरूको भावनाहरू ट्र्याक गर्न र मानसिक स्वास्थ्य निगरानी गर्न एआई–संचालित फेसियल रिकगनिसन (अनुहार पहिचान) प्रयोग गर्दछ।

भावनाहरूको विश्लेषण गर्न र मानसिक स्वास्थ्य निगरानी गर्नको लागि डिभाइसहरूमा रहेको अगाडिको क्यामरा प्रयोग गर्ने एक नयाँ प्रविधि देखा पर्दैछ। इमोबोट नामक एप पहिले नै सयौं बिरामीहरूले आफ्नो मुड ट्र्याक गर्न र उनीहरूको डिप्रेसन उपचारको प्रभावकारिता मूल्याङ्कन गर्न प्रयोग गरिरहेका छन्।

एपले दिनभरि अनुहारको भाव विश्लेषण गरेर रिपोर्ट उत्पन्न गर्नेछ जुन स्टेप काउन्ट वा मुटुको दर ग्राफ जस्तै समान हुने बताइएको छ। सह–संस्थापक शमूएल लर्मनले इमोबोटलाई फ्रान्समा एक चिकित्सा उपकरणको रूपमा वर्गीकृत गरिएको र कम्पनीले बिरामीहरूलाई यो सिफारिस गर्न मनोचिकित्सकहरूसँग सहकार्य गरिरहेको बताएका छन्।

द मेट्रोका अनुसार, टोलीमा सुरुमा मानिसहरूले यो धेरै हस्तक्षेपकारी पाउनेछन् भन्ने डर पैदा भएको उल्लेख गरिएको छ। एपले निरन्तर निगरानी गर्ने र भविष्यको संस्करणले फोनको माइक्रोफोन मार्फत दिनभरिको आवाजको स्वर पनि सुन्ने भएकोले टोलीमा डर पैदा भएको उल्लेख गरिएको छ।

“क्यामरा सधैं पृष्ठभूमिमा खुला हुन्छ।” त्यसैले हामी त्यो पक्षको बारेमा अलि शंकास्पद थियौं; यद्यपि, प्रतिक्रिया एकदमै राम्रो थियो” लर्मनले भने।

“क्यामराबाट कुनै पनि तस्बिरहरू केन्द्रीय डाटाबेसमा प्रसारित हुँदैनन् वा भण्डारण गरिँदैनन्, किनकि ती प्रयोगकर्ताको फोनमा एआईद्वारा स्थानीय रूपमा प्रशोधन गरिन्छन् र मेटाइन्छ” द मेट्रोलाई लर्मनले बताए।

यो प्रविधि कार्यालयका कर्मचारीहरूले वास्तवमै आफ्नो कम्प्युटरमा बसिरहेका छन् कि छैनन् वा थकित देखिन्छन् कि छैनन् भनेर जाँच गर्नको लागि विकास गरिएको प्रविधि जस्तै भएको बताइएको छ।

“हामीले पेरिसमा भएको भिभाटेक सम्मेलनमा प्रदर्शनमा रहेको भावना म्यापिङ सफ्टवेयर प्रयास गर्यौं, र वास्तविक–समय तस्बिरले रिपोर्टर जेन मिल्सलाई एकै समयमा ‘खुशी’ र ‘बोर’ दुवै रूपमा देखा परेको देखाएको थियो” भनि द मेट्रोले उल्लेख गरेको छ।

एपले डाक्टरहरूलाई उपचारप्रति बिरामीहरूको प्रतिक्रियाहरू ट्र्याक गर्न मद्दत गर्नुका साथै ‘उनीहरूको मुडमा अचानक गिरावट पत्ता लगाउन’ र रिल्याप्सको जोखिम पत्ता लगाउन मद्दत गर्ने लर्मनले जानकारी दिए।

त्यसैगरी भिभाटेक २०२५ मा स्पष्ट रुपमा मानसिक कल्याणमा पनि ध्यान केन्द्रित रहेको थियो, जहाँ ५० भन्दा बढी देशका १४,००० भन्दा बढी स्टार्टअपहरू भेला भएका थिए। कृत्रिम बुद्धिमत्ता (एआई) ले कार्यक्रममा प्रभुत्व जमाएको भए पनि, धेरै चर्चा गरिएका आविष्कारहरूले स्वास्थ्य सेवा र मानसिक स्वास्थ्य सुधार गर्न एआई र प्रविधि प्रयोग गरेको बताइएको छ जसले प्रविधि उद्योगमा मानसिक स्वास्थ्यको बढ्दो प्राथमिकतालाई संकेत गर्दछ भनि एनडीटिभीले रिपोर्ट गरेको छ।

Sajilo Visa
easy care