Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
२,४७२ प्रकाश वर्ष टाढा एउटा विशाल “सुपर-अर्थ” ग्रह पत्ता लागेको छ। यसको चरम जलवायुका कारण यो आफ्नो कक्षको केही भाग मात्रै बासयोग्य रहन्छ। केप्लर-७२५सी भनिने यो ग्रह, ‘ट्रान्जिट टाइमिङ् भेरिएसन’ (टीभीभी) नामको प्रविधिबाट पत्ता लागेको हो।
सामान्यतया, ग्रहहरू पत्ता लगाउने एक प्रमुख तरिका हो—ग्रह आफ्नो ताराको अगाडि जाँदा त्यसले ताराको प्रकाश केही समयका लागि छेक्छ। ताराको प्रकाशमा आएको गिरावटको आधारमा ग्रहको आकार पत्ता लगाउन सकिन्छ। यही विधिबाट नासाको केप्लर स्पेस टेलिस्कोपले ३,३०० भन्दा बढी ग्रहहरू पत्ता लगाएको थियो।
तर ट्रान्जिट विधिमा केही समस्या छन्। यो प्रविधि प्रायः ताराको नजिकै छोटो कक्ष भएका ग्रहहरूमा केन्द्रित हुन्छ, जुन बारम्बार ट्रान्जिट हुन्छन् र सजिलै देखिन्छन्। साथै, ग्रहको कक्षा र पृथ्वीको दृष्टिकोणबीच सही मिलन हुनुपर्छ। यदि कक्ष थोरै झुकेको भएमा पनि त्यो ग्रह देखिँदैन।
तर त्यो देखिन नसकेको ग्रहले अरू ग्रहमा गुरुत्वाकर्षणको असर पारेर ट्रान्जिटको समयमा परिवर्तन ल्याउँछ—यसैलाई टीटीभी भनिन्छ। केही अवस्थामा ट्रान्जिट ढिलो या चाँडो देखिन्छ, र त्यो असर अर्को लुकेको ग्रहको गुरुत्वाकर्षणका कारण हुन्छ।
यस्तै टीटीभी देखिएको एउटा ग्रह हो—केप्लर-७२५बी, जुन ग्यास मन्स्टर ग्रह हो र यो एउटा पहेंलो सूर्य-जस्तै ताराको वरिपरि घुमिरहेको छ। यस ग्रहको ३९.६४ दिनको कक्षा रहेको छ।
चीनको युनान अब्जरभेटोरीका वैज्ञानिक सुन लेईले भने, “केप्लर-७२५बी को टीटीभी संकेतहरूको विश्लेषण गरेर हामीले लुकेको ग्रह केप्लर-७२५सी को पिण्ड र कक्षागत जानकारी निकालेका छौं।” उनी नयाँ अध्ययनका प्रमुख लेखक हुन्।
लाइभसाइन्सका अनुसार केप्लर-७२५सी को पिण्ड पृथ्वीको तुलनामा १० गुणा बढी छ। यस्तो ग्रहलाई सुपर-अर्थ भनिन्छ—यी सम्भवतः चट्टानी र विशाल ग्रह हुन्छन्। हाम्रो सौर्यमण्डलमा यस्ता ग्रह छैनन्, त्यसैले वैज्ञानिकहरू अझै यस्ता ग्रहहरूको विशेषता बुझ्न खोजिरहेका छन्।
के यिनीहरू बाक्लो वायुमण्डलले ढाकिएका हुन्छन्? के यिनमा प्लेट टेक्टोनिक्स हुन्छ? यिनीहरूको उच्च गुरुत्वाकर्षणले जीवनको विकासमा कस्तो असर पार्छ? यी सबै प्रश्नको उत्तर अझै खुलेको छैन।

प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार