Technology Khabar २८ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
स्मार्टफोनले विश्वव्यापी वेब ट्राफिकमा प्रभुत्व जमाएको र ६४ प्रतिशत हिस्सा स्मार्टफोनले ओगटेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ। यसमा कुनै ठूलो आश्चर्यको कुरा नभएको र स्मार्टफोनहरू कति प्रचलित भएका छन् भन्ने तथ्यको प्रमाण भएको बताइएको छ। तथ्याङ्कले देखाएको वास्तविक प्रतिशत अनुसार स्मार्टफोनहरू अब वेब ब्राउज गर्ने मुख्य डिभाइस हुने बलियो सम्भावना धेरै नै भएको उल्लेख गरिएको छ।
डेस्कटप र ल्यापटपबाट स्मार्टफोनमा सिफ्ट (परिवर्तन) हुने चलन चलिरहेको छ जुन अहिलेको डिजिटल ट्रेण्ड (प्रवृत्ति) भएको र सन् २०२३ को मध्यदेखि मोबाइल वेब ट्राफिक निरन्तर बढेको उल्लेख छ। त्यहाँ उतारचढाव र प्रवाहहरू भएता पनि समग्रमा सन् २०१५ को पहिलो त्रैमासिकदेखि आजसम्म, यो ट्रेण्ड (प्रवृत्ति) स्पष्ट रूपमा माथितिर बढेको छ। सबै वेब ट्राफिकको ६४ प्रतिशत एक नयाँ रेकर्ड भएको बताइएको छ भने अघिल्लो पटक गत त्रैमासिकमा ६२.७१ प्रतिशत हासिल भएको उल्लेख गरिएको छ। त्यसैगरी, कुलको हिस्साको रूपमा भन्ने हो भने मोबाइल वेब ट्राफिकको लागि लगातार आठ त्रैमासिक वृद्धि भएको जनाइएको छ।
क्षेत्रीय रूपमा, एशियाले कुल वेब ट्राफिकको ७१.३ प्रतिशतको साथ अग्रणी स्थानमा रहेको छ। अमेरिका र युरोपमा भने यो संख्या लगभग ५० प्रतिशत रहेको जनाइएको छ। त्यसैले मोबाइल वेब ट्राफिकको विश्वव्यापी प्रभुत्व मूल रूपमा एशियाको यसको प्राथमिकतालाई श्रेय दिन सकिने उल्लेख गरिएको छ।
यदि ओएस लेन्स मार्फत मोबाइल ट्राफिकको वितरणलाई हेर्ने हो भने, एन्ड्रोइड स्पष्ट रूपमा आफ्नो प्रभुत्व जमाएको र हावी भएको देख्न सकिने बताइएको छ। साथै स्मार्टफोन बिक्रीमा एन्ड्रोइडको बजार हिस्सा ७२.७२ प्रतिशत रहेका छ भने आईओएसको मात्र २६.९२ प्रतिशत भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार