नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर नियुक्त

  • Technology Khabar | २७ जेष्ठ २०८२, मंगलवार
नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर नियुक्त

काठमाडौं ।

नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिएको छ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको छ।

मानन्धर कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा प्रबन्धकको रुपमा कार्यरत रहेका छन्।

यसअघि कम्पनीका प्रवक्ता रहेका हरि ढकाललाई कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक निर्देशनालय भैरहवाको प्रमुखको रुपमा जिम्मेबारी तोकेको छ।

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार