Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले आज आफ्नो विश्वव्यापी विकासकर्ता सम्मेलन ‘वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी २०२५’ आयोजना गरेको छ। उक्त ‘डब्ल्यूडब्ल्यूडीसी २०२५’ सम्मेलनको मुख्य भाषणमा एआईको बारेमा पनि उल्दलेख गरिएको र एप्पल इन्टेलिजेन्सले धेरै नयाँ सुविधाहरू प्राप्त गरेको छ। तर, एक वर्ष पहिले वाचा गरिएको स्मार्ट सिरी भने अझै पनि कतै देखिएको छैन।
एप्पलले अन्ततः लय समातेको र लाइभ ट्रान्सलेसन ल्याएको छ जुन एप्पलको प्रतिस्पर्धीहरूसँग वर्षौंदेखि भएको उल्लेख गरिएको छ। यो म्यासेजेज (सन्देशहरू), फेसटाइम, र फोन एपमा एकीकृत गरिएको छ भने यसको मोडेलहरू पूर्ण रूपमा अन–डिभाइसमा चल्ने बताइएको छ।
मेसेजेज एपमा यसले स्पष्ट रूपमा सन्देशहरू अनुवाद गर्नेछ। साथै फेसटाइममा आफ्नो वार्ताकारको आवाज सुन्न सकिने बताइएको र यो सुविधाले लाइभ ट्रान्सलेटेड (प्रत्यक्ष अनुवादित) क्याप्शनहरू थप्ने जनाइएको छ। तर यसले तपाईं फोन कलमा हुँदा मात्र यसले आवाज प्रयोग गर्नेछ।
त्यसैगरी अब विभिन्न इमोजीहरू एकसाथ मिक्स (मिलाउन) सकिने र जेनमोजी मार्फत केहि नयाँ कुरा आउन सकोस् भनेर तिनीहरूलाई डेस्क्रिप्सनसँग संयोजन गर्न सकिने भएको छ।
साथै आफ्नो परिवार र साथीहरूको आधारमा एउटा इमोजी सिर्जना गरेपछि तिनीहरूको पछिल्लो लुकसँग मेल खाने तथ्य पछि हेयरस्टाइल जस्ता चीजहरू समायोजन गर्न सकिने उल्लेख गरिएको छ। च्याटजीपीटी अब इमेज प्लेग्राउन्ड, राइटिङ टूल्स, सिरी र भिजुअल इन्टेलिजेन्समा एकीकृत गरिएको छ।
भिजुअल इन्टेलिजेन्सले अब स्क्रिनमा देखिने कुनै पनि कुरामा एक्सन लिन सक्ने भएकोले थप जान्नको लागि तपाईंले के हेरिरहनुभएको छ भनेर च्याटजीपीटी लाई प्रश्नहरू सोध्न सकिने बताइएको छ।
साथै यसबारे गुगलमा खोजी गर्न वा अन्य समर्थित एपहरूमा पनि सोध्न सकिने बताइएको छ। यसले तपाईंले कुनै इभेन्ट हेर्दै गर्दा पहिचान गर्ने र प्रक्रियामा मिति, समयका साथै स्थान निकाल्दै तपाईंको क्यालेन्डरमा थप्न सुझाव दिनेछ।
इन्टेलिजेन्ट एक्सन (बुद्धिमान कार्यहरू) थपिएसँगै सर्टकटहरू पनि स्मार्ट र शक्तिशाली भएका छन्। उदाहरणका लागि, एक विद्यार्थीले एप्पल इन्टेलिजेन्स प्रयोग गरेर क्लास (कक्षा) लेक्चरको अडियो ट्रान्सक्रिप्शनलाई उनीहरूले लिएका नोटहरूसँग तुलना गर्न र उनीहरूले छुटेका कुनै पनि मुख्य बुँदाहरू थप्नका लागि एउटा सर्टकट निर्माण गर्न सक्ने एप्पलले बताएको छ।
एप्पलका अन्य मोडेलहरूमा जस्तै डिफल्ट रुपमा च्याटजीपीटी यसमा पनि उपलब्ध भएको उल्लेख गरिएको छ।
त्यसैगरी अब इमेल, वेबसाइट वा अन्य कन्टेन्ट (सामग्री) मा भएका सबैभन्दा सान्दर्भिक कार्यहरू अब पहिचान गर्न सकिने र स्वचालित रूपमा रिमाइन्डरहरूमा वर्गीकृत गर्न सकिने भएको छ।
एप्पल वालेटले तपाईंको सबै अर्डरहरूमा व्यापारीहरू र डेलिभरी वाहकहरूबाट पठाइएका इमेलहरूबाट अर्डर ट्र्याकिङ विवरणहरू पहिचान गर्न र सारांशित गर्न सक्ने बताइएको छ भने म्यासेजेज (सन्देशहरू) ले तपाईंलाई पोलहरू सिर्जना गर्न दिनुका साथै पोल कहिले काममा आउँछ भनेर पत्ता लगाउनुका साथै सुझाव दिन सक्ने बताइएको छ।
एप्पल वाचमा (ब्लुटुथ हेडफोन मात्र प्रयोग गर्दा) एप्पल इन्टेलिजेन्सद्वारा संचालित वर्कआउट बडीले तपाईंको वर्कआउट (कसरत) डाटा र फिटनेस हिस्ट्रि (इतिहास) मा ट्याप गरेर तपाईंको वर्कआउट सेसन्स (कसरत सत्रहरू) को समयमा पर्सनालाइज्ड (व्यक्तिगत), मोटिभेस्नल इनसाइट्स (प्रेरक अन्तर्दृष्टि) उत्पन्न गर्नेछ।
साथै यसमा हार्ट रेट (मुटुको दर), पेस (गति), डिस्ट्यान्स (दूरी), एक्टिभिटी रिङ्गस र व्यक्तिगत माइलस्टोनहरू समावेश रहेका छन्। त्यसैगरी यसमा प्रयोग गरिएको एउटा नयाँ टेक्स्ट–टु–स्पीच मोडेलमा फिटनेस+ट्रेनर्स (प्रशिक्षकहरू) बाट भ्वाइस डाटा प्रयोग गरेर निर्मित आवाज समावेश गरिएको र “यसमा कसरतको लागि सही ऊर्जा, शैली र टोन छ” भनि थप उल्लेख गरिएको छ।
यो सूरुमा आउटडोर र इनडोर रन, आउटडोर र इनडोर वाक, आउटडोर साइकल, एचआईटीटी, र फङ्गसनल र ट्रेडिस्नल स्थ्रेन्थ ट्रेनिङ्ग (प्रशिक्षण) का लागि अंग्रेजीमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार