एभरेष्ट इन्जिनियरिङ कलेजमा शिक्षण विधि तालिम सम्पन्न

  • Technology Khabar | २७ जेष्ठ २०८२, मंगलवार
एभरेष्ट इन्जिनियरिङ कलेजमा शिक्षण विधि तालिम सम्पन्न

काठमाडौं ।

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सोमबार सम्पन्न भएको छ। कलेजका शिक्षकशिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम गरिएको जनाइएको छ।

शिक्षक विकास कार्यशाला नाम दिएको कार्यक्रममा श्रोत व्यक्तिका रुपमा डा उमेश श्रेष्ठ रहेका थिए। कार्यक्रम अन्तरक्रियात्मक रुपमा चलेको थियो।

विषयवस्तुमाथिको प्रस्तुति सैद्धान्तिक भन्दा व्यवहारिकमा जोड दिइएकोले कार्यक्रममा सबैजनाको उत्साहजनक सहभागिता रहेको थियो। त्यही कारण कार्यक्रम प्रभावकारी र उपयोगीसमेत रहेको कलेजले जनाएको छ। तालिममा कलेजका दुई दर्जन भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो।

कलेजले दिंदै आएको विशिष्टकृत शिक्षणलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ शिक्षकशिक्षिकाहरुलाई तालिम दिइएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए। उनले तालिमबाट आगामी दिनमा कलेजमा अध्ययनतर विद्यार्थीको उत्कृष्ट नजिता निस्कने विश्वास व्यक्त गरे।

एभरेष्ट इन्जिनियरिङ कलेज इन्जिनियरिङ पढाई हुने देशकै एउटा उत्कृष्ट शैक्षिक संस्था हो । विगत २४ वर्षदेखि उत्कृष्ट पढाईका साथ यो कलेज सञ्चालन भइरहेको छ। यहाँ इन्जिनियरिङका विभिन्न विषयहरुमा स्नातकोतर तहसम्मको पढाई भइरहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • २७ जेष्ठ २०८२, मंगलवार