
काठमाडौं ।
एप्पलको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन ‘वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी२५’ आज १७ः०० बजे (कोअर्डीनेटेड युनिभर्सल टाइम) सुरु हुँदैछ। साथै यो कार्यक्रम लाइभ स्ट्रिममा हेर्न सकिनेछ। नेपाली समय अनुसार आज राति १०:४५ मा यो शुरु हुनेछ।
आईओएस डिजाइनको दिशा परिवर्तन हुने बताइएको छ भने कार्यक्रममा पहिलो मुख्य भाषणले नवीनतम एप्पल सफ्टवेयर प्रस्तुत गर्ने उल्लेख गरिएको छ। यस वर्षको ट्यागलाइन “स्लीक पिक” रहेको छ।
यस वर्ष आईओएस र आईप्याडओएसले प्रमुख पुनः डिजाइनहरू प्राप्त गर्दैछन् (कथित रूपमा आईओएस ७ पछिको सबैभन्दा ठूलो)। म्याकओएस, वाचओएस, टिभिओएस र भिजनओएसले पनि उल्लेखनीय रूपमा परिमार्जित यूआई हरू प्राप्त गर्नेछन्। यस पटक स्पटलाइट एआई बाट टाढा हुने उल्लेख गरिएको छ।
एप्पलले नयाँ म्याक प्रो अनावरण गर्ने अपेक्षा गरिएको छ भने यसको अर्थ नयाँ एप्पल एम–सिरिज चिपहरू पनि हुन सक्ने उल्लेख गरिएको छ। सन् २०२३ मोडेलमा एम२ अल्ट्रा रहेको थियो भने एम४ सिरिज हाल एम४ म्याक्समा शीर्ष स्थानमा रहेको जनाइएको छ। त्यसैगरी नयाँ होमपडको पनि अपेक्षा गरिएको छ जसले होमकिट डिभाइसहरू नियन्त्रण गर्न डिस्प्ले ल्याउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
डब्ल्यूडब्ल्यूडीसी २०२५ को मुख्य फिड यहाँ छः
थप रूपमा, डब्ल्यूडब्ल्यूडीसी२५ः प्लेटफर्म स्टेट अफ द युनियन स्ट्रिम ३ घण्टा पछि (२०ः०० कोअर्डीनेटेड युनिभर्सल टाइम) सुरु हुने तालिका छः
प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार