नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले दोस्रो ‘डिजिटल एक्सपो नेपाल २०२५’ आयोजना गर्दै

Technology Khabar २५ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) ले “नेपाली बजारको डिजिटलीकरणमार्फत नेपालको आर्थिक रूपान्तरण” भन्ने अभियान अन्तर्गत दोस्रो “एनसीआईसीके डिजिटल एक्सपो नेपाल २०२५” आयोजना गर्ने भएको छ।

आउँदो असार २० गते डिजिटल व्यापार मेला कार्यक्रमको शुभारम्भ हुने संघले जानकारी दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग आबद्ध रहेर संघले आयोजना गर्न लागेको डिजिटल एक्सपो नेपालको आर्थिक, व्यापारिक तथा औद्योगिक समृद्धिका लागि यो कार्यक्रम एक महत्वपूर्ण कदम हुने दाबी गरिएको छ।

दोश्रो डिजिटल एक्सपो नेपाल २०२५ ले नेपाली स्थानीय बजार, स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय उत्पादनहरूलाई मेलामा सहभागी गराउने लक्ष्य लिएको छ। ठूला, स्वदेशी उद्योगका उत्पादन, प्रचार, प्रसार र व्यापार प्रवद्र्धनका साथै यस डिजिटल व्यापार मेलाले आधुनिक सञ्चार प्रविधिमा सिमित पहुँच भएका साना तथा मझौला उद्यमी (एसएमई) हरु र साना तथा लघु उद्यमीहरुलाई डिजिटल बजारसँग जोड्दै एसएमईको सशक्तिकरण गर्ने समेत लक्ष्य लिएको छ।

डिजिटल प्रविधियुक्त यो एक्सपोमा प्रदर्शक, आगन्तुक र आयोजकका लागि विशेष डिजिटल सुविधा सहित थ्रीडी स्टल नेभिगेसनको प्रयोग गरिनेछ, जसले संसारभरबाट मेलाको अवलोकन गर्न सकिने अत्याधुनिक अनुभव प्रदान गर्ने संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया