खगोलविद्हरूले पत्ता लगाए बिग ब्याङ्ग पछिको सबैभन्दा शक्तिशाली विस्फोट

Technology Khabar २५ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

हवाई विश्वविद्यालयको खगोल विज्ञान संस्थानका खगोलविद्हरूले बिग ब्याङ्ग पछि अवलोकन गरिएका सबैभन्दा ऊर्जावान घटनाहरूलाई मार्क गर्दै “एक्सट्रिम न्यूक्लियर ट्रान्जियण्ट” (ईएनटी) भनिने कस्मिक एक्सप्लोजन (ब्रह्माण्डीय विस्फोटहरू)को एक नयाँ वर्ग पहिचान गरेका छन्। हाम्रो सूर्यको द्रव्यमानको कम्तिमा तीन गुणा विशाल ताराहरू टाढाका आकाशगंगाहरूको केन्द्रहरूमा सुपरमासिभ ब्ल्याक होलहरूद्वारा टुक्राटुक्रा हुँदा यी घटनाहरू हुने उल्लेख गरिएको छ। परिणामस्वरूप विस्फोटहरूले १०० सूर्यहरूले आफ्नो सम्पूर्ण जीवनकालमा उत्सर्जन गर्ने बराबर ऊर्जा निस्कासन गर्ने र जसले तिनीहरूलाई विशाल ब्रह्माण्डीय दूरीहरूमा भिजिबल (देख्न सकिने) बनाउने बताइएको छ। यो खोजले ब्रह्माण्डमा ताराहरू र ब्ल्याक होलहरू बीचको गतिशील अन्तरक्रियामा नयाँ अन्तर्दृष्टि प्रदान गर्दछ।

त्यसैगरी टोलीको निष्कर्ष साइन्स एडभान्सेस जर्नलमा विस्तृत रूपमा प्रस्तुत गरिएको उल्लेख छ।

“हामीले एक दशकभन्दा बढी समयदेखि टायडल डिसरप्सन (ज्वारभाटाको अवरोध) का घटनाहरूको रूपमा ताराहरू टुक्रिएको देखेका छौं, तर यी ईएनटीहरू फरक प्रकारका हुन्, जुन हामीले सामान्यतया देख्ने भन्दा लगभग दस गुणा बढी चमकमा पुग्छन्” भनि क्षब् मा आफ्नो डक्टरेट अनुसन्धानको अन्तिम अंशको रूपमा अध्ययनको नेतृत्व गरेका जेसन हिन्कलले एक विज्ञप्तिमा भने। “ईएनटीहरू सामान्य टायडल डिसरप्सन (ज्वारभाटाको अवरोध) का घटनाहरू भन्दा धेरै उज्यालो मात्र नभएर सबैभन्दा चम्किलो ज्ञात सुपरनोभा एक्सप्लोजन (विस्फोटहरू) को ऊर्जा उत्पादनलाई पनि उछिनेर तिनीहरू वर्षौंसम्म उज्यालो रहन्छन्” उनले बताए।

यी ईएनटीहरूको विशाल प्रकाश र ऊर्जा साँच्चै अभूतपूर्व छ। अध्ययन गरिएको सबैभन्दा ऊर्जावान ईएनटी जसलाई ‘गैया१८सीडीजे’ (न्बष्बज्ञडअमव) भनिन्छ, यसले ज्ञात सबैभन्दा ऊर्जावान सुपरनोभा भन्दा आश्चर्यजनक रूपमा २५ गुणा बढी ऊर्जा उत्सर्जन गरेको उल्लेख छ। आफ्नो १० अर्ब वर्षको जीवनकालमा सूर्यले उत्सर्जन गर्ने जत्तिकै ऊर्जा सामान्य सुपरनोभाले केवल एक वर्षमा उत्सर्जन गर्छ भने ईएनटीहरूले एक वर्षमा १०० सूर्यको ऊर्जा विकिरण गर्ने उल्लेख गरिएको छ।

डब्ल्यू एम केक अब्जर्भेटरीको समाचार विज्ञप्ति अनुसार, हिङ्कलले आकाशगंगाहरूको केन्द्रहरूबाट निस्कने लामो समयसम्म चल्ने ज्वालाहरूको लागि सार्वजनिक क्षणिक सर्वेक्षणहरूको व्यवस्थित खोजी सुरु गर्दा ईएनटीहरू पहिलो पटक पत्ता लागेका थिए। उनले युरोपेली अन्तरिक्ष एजेन्सीको गैया मिसनको डाटामा दुई असामान्य ज्वालाहरू पहिचान गरेका थिए जुन ज्ञात ट्रान्जियण्टहरूमा सामान्य विशेषताहरू बिना धेरै लामो समयसम्म उज्यालो भएको बताइएको छ।

“गैयाले तपाईंलाई ट्रान्जियण्ट के हो भनेर बताउँदैन, केवल चमकमा केहि परिवर्तन हुन्छ” हिङ्कलले भने। “तर जब मैले टाढाका आकाशगंगाहरूका केन्द्रहरूबाट यी स्मुथ, लङ्ग–लिभ्ड फ्लेयर्स देखेँ, मलाई थाहा भयो कि हामी केही असामान्य कुरा हेरिरहेका छौं” भनि उनले बताएको एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया