Technology Khabar २५ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
शाओमीले ब्रान्डको बढ्दो ट्याब्लेट लाइनअपमा पछिल्लो थपको रुपमा रेडमी प्याड २ ल्याएको छ। यो नयाँ ट्याब्लेट सन् २०२२ को इन्ट्री–लेभल रेडमी प्याडको उत्तराधिकारी हो। दुई ट्याब्लेट बीचको अपग्रेडहरू सूक्ष्म छन्। तर नयाँ मोडेलले ११ इन्चको हाईयर रिजोल्युसन (२५६० ह १६०० पिक्सेल) आईपीएस एलसीडी समावेश गरेको छ जसमा छिटो ९० हट्र्ज रिफ्रेस रेट रहेको उल्लेख गरिएको छ। साथै यो डिस्प्ले उज्यालो पनि भएको र ६०० निट्स अधिकतम ब्राइटनेस क्र्याङ्किङ गर्दछ भने रेडमी स्मार्ट पेन मार्फत स्टाइलस इनपुटलाई समर्थन गर्दछ।
रेडमी प्याड २ को अर्को प्रमुख परिवर्तन भनेको चिपसेट रहेको छ। प्याड २ ले नयाँ हेलियो जी१०० अल्ट्राको वोस्ट गर्दछ जुन मूल रूपमा पुनः प्रयोग गरिएको हेलियो जी९९ भएको बताइएको छ। साथै उक्त हेलियो जी९९ अघिल्लो जेनेरेसन मोडेलमा प्रयोग गरिएको थियो। यसको मतलब दुई ट्याब्लेट बीच समान प्रदर्शनको अपेक्षा गर्न सकिनेछ भनि थप उल्लेख गरिएको छ।
रेडमी प्याड २ वाई–फाई मात्र र सेलुलर ट्रिमहरूमा उपलब्ध हुने बताइएको छ भने दुवैमा ४/८जीबी र्याम र १२८/२५६जीबी अनबोर्ड स्टोरेज समावेश गरिएका छन्। त्यसैगरी माइक्रोएसडी कार्ड स्लट मार्फत २टीबी सम्मको मेमोरी कार्डहरू विस्तार गर्न सकिनेछ। क्यामराको सन्दर्भमा, ट्याब्लेटमा ५ मेगापिक्सेलको फ्रन्ट–फेसिङ शूटर र ८ मेगापिक्सेलको रियर मोड्युल समावेश गरिएको छ।
सफ्टवेयरतर्फ एन्ड्रोइड १५ मा आधारित हाइपरओएस २ द्वारा ह्यान्डल गरिएको छ भने ब्याट्री अब ९,०००एमएएच (रेडमी प्याड भन्दा १,००० एमएएच बढी) मा आउने बताइएको छ। साथै यूएसबी–सी मार्फत १८ वाट चार्जिङलाई समर्थन उपलब्ध भएको उल्लेख गरिएको छ।
रेडमी प्याड २ ग्रेफाइट ग्रे, मिन्ट ग्रीन र ल्याभेन्डर पर्पल रङ्गहरूमा आउने बताइएको छ। वाई–फाई मात्र ट्रिमको ४/१२८जीबी संस्करणको लागि १६९ पाउन्ड बाट मूल्य सुरु हुन्छ भने ८/२५६जीबीको लागि २१९ पाउन्ड मूल्य कायम गरिएको छ। फोरजी कनेक्टिभिटी भएको संस्करणको ४/१२८जीबी ट्रिमको लागि २१९ पाउन्ड बाट मूल्यसुरु हुन्छ भने ८/२५६जीबी कन्फिगरेसनको लागि २५९ पाउन्ड मूल्य कायम गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ जेष्ठ २०८२, आईतवार