स्विजरल्याण्डमा मानिस विरुद्ध ब्याडमिन्टन खेल्ने रोबोटको विकास गरियो

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
स्विजरल्याण्डमा मानिस विरुद्ध ब्याडमिन्टन खेल्ने रोबोटको विकास गरियो

काठमाडौं ।

स्विस टोलीले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित फोर–लेग्ड (चार खुट्टा भएको) रोबोट विकास गरेको छ जसले समन्वय र परिशुद्धता प्रदर्शन गर्दै मानव प्रतिद्वन्द्वीहरू विरुद्ध ब्याडमिन्टन खेल्न सक्छ।

ईटीएच जुरिच र साइन्स रोबोटिक्ससँगको सहकार्यमा विकसित यो रोबोटले रिइन्फोर्समेण्ट लर्निङ (सुदृढीकरण सिकाइ) प्रयोग गर्दछ जुन एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) हो र जसले रिपिटेड ट्रायल्स (बारम्बार परीक्षणहरू) मार्फत डिसिजन–मेकिङ (निर्णय लिने क्षमता) मा सुधार गर्दछ।

रोबोटले राम्रो निर्णय लिनको लागि ट्रायल एण्ड इरर (परीक्षण र त्रुटि) मार्फत सिक्ने बताइएको छ। यसको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) प्रविधिले भिजन (दृष्टि), मुभमेण्ट (चाल) र ह्याण्ड कन्ट्रोल (हात नियन्त्रण) लाई संयोजन गर्दछ जसले रोबोटलाई “बल” ट्र्याक गर्न र यसलाई सही रूपमा प्रहार गर्न अनुमति दिने उल्लेख गरिएको छ।

रियल–वर्ल्ड क्यामरा डाटामा प्रशिक्षित नोइज पर्सेप्सन मोडेलले रोबोटले निरन्तर प्रदर्शन कायम राख्छ भन्ने कुराको सुनिश्चित गर्ने बताइएको छ।

“हामीले नोइज पर्सेप्सन मोडेल प्रस्तुत गर्यौं, जसले रोबोटको मुभमेण्टलाई पर्सेप्सनको गुणस्तरमा म्याप गर्दछ। यसले रिइन्फोर्समेण्ट लर्निङ एल्गोरिदमलाई रोबोटको अजायल मुभमेण्ट (चुस्त चाल) र रिलायबल पर्सेप्सन (भरपर्दो धारणा) बीच स्वचालित रूपमा सन्तुलन गर्न अनुमति दियो” ब्याडमिन्टन रोबोट विकास गर्ने अनुसन्धानकर्ताहरूको टोलीका सदस्य युनताओ माले भने।

“यस परियोजनाले जटिल कार्यहरूमा खुट्टा भएका रोबोटहरूलाई अगाडि बढाउन आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को सम्भावना प्रदर्शन गर्दछ भन्ने हाम्रो विश्वास रहेको छ जसले ह्युमोनोइड्स सहित अटोनमस (स्वायत्त) र इन्टेलिजेन्स सिस्टम (बुद्धिमान प्रणालीहरू) मा प्रगतिको लागि मार्ग प्रशस्त गर्दछ। कन्ट्रोल एल्गोरिदमले ह्युमोनोइड्स जस्ता अन्य रोबोटिक प्लेटफर्महरूका साथै खोज र उद्धार र गृह सेवाहरू जस्ता अन्य कार्यहरूमा सामान्यीकरण गर्दछ” माले ”प बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...