प्रिन्टर बिग्रेपछि अत्यावश्यक लाइसेन्स छपाइ कार्य ठप्प

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार
प्रिन्टर बिग्रेपछि अत्यावश्यक लाइसेन्स छपाइ कार्य ठप्प

काठमाडौं ।

अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै जेठ २७ गतेदेखि जेठ २९ गतेसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जानकारी दिएको छ।

स्मार्ट कार्ड प्रिन्टरमा समस्या देखिएको भन्दै तीन दिन लाइसेन्स छपाइ कार्य बन्द हुने र सो अवधिमा स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिने उल्लेख छ।

‘यही मिति २०८२।०२।२७ गतेदेखि २०८२।०२।२९ गतेसम्म ३ (तीन) दिन यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२/०२/२५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ।

अहिले नियमित लाइसेन्स छपाईको कार्य बन्द रहेको छ भने सरकारले अत्यावश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्ने गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • २१ जेष्ठ २०८२, बुधबार