दश महिनामा सरकारले भित्र्यायो साढे १४ करोडमाथिका हियरिङ एड र पेसमेकर

  • Technology Khabar | १७ जेष्ठ २०८२, शनिबार
दश महिनामा सरकारले भित्र्यायो साढे १४ करोडमाथिका हियरिङ एड र पेसमेकर

काठमाडौं ।

नेपालमा आयात हुने विभिन्न इलेक्ट्रोनिक डिभाइसहरुमा श्रवण शक्ति कमजोर भएकाले लगाउने हियरिङ एड र मुटुमा समस्या भएकाहरुले प्रयोग गर्ने पेसमेकर पनि उल्लेख्य रहेका छन्।

भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा १४ करोड ६९ लाख ५३ हजार रुपैयाँ बराबरको हियरिङ एड र पेसमेकरआयात भएको पाइएको छ।

यो अवधिमा नेपालमा विश्वका विभिन्न १४ देशबाट समग्रमा ३१ हजार ६६३ थान हियरिङ एड तथा पेसमेकर भित्रिएको छ। यो आयातबाट सरकारले १ करोड २१ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तो छ विवरण:

हियरिङ एड

क्रसं देश विवरण रकम हजारमा
अस्ट्रेलिया
चीन १३६७२ १९६१९
क्रोएसिया २१
भारत १२०१३ १२९०९
इजरायल
लक्जेम्बर्ग
मेक्सिको ९४९ ७७१९
सिंगापुर १५५० ९८८६
यूएई
१० बेलायत
११ अमेरिका १५ ३६
१२ भियतनाम ५२७ १०१५९

 

पेसमेकर

क्रसं देश विवरण रकम हजारमा
भारत १८६
मलेसिया १२८ १५२९०
मेक्सिको १०६५ ३९०८
सिंगापुर १५६६ ५६९६१
स्विजरल्याण्ड १४ ४६२८
अमेरिका १५७ ४५९०

 

हियरिङ एड के हो?

हियरिङ एड एउटा सानो विद्युतीय उपकरण हो जुन कानमा लगाइन्छ र जसले सुन्न गाह्रो भएका व्यक्तिलाई ध्वनि ठूलो र स्पष्ट बनाएर सुनाउँछ।

• सुन्न सक्ने क्षमता घटेका (श्रवण शक्ति कमजोर भएका) व्यक्तिहरूले प्रयोग गर्छन्।
• यो उपकरणले वरिपरिको आवाज टिपेर त्यसलाई ठूलो बनाउँछ ताकि प्रयोगकर्ताले सजिलै सुन्न सकून्।
• बालबालिकादेखि वृद्धसम्मका लागि उपयुक्त हुन्छ।

पेसमेकर के हो?

यो एउटा सानो विद्युतीय यन्त्र हो जुन छातीको छालामुनि राखिन्छ र यसले मुटुको धड्कनलाई सामान्य राख्न मद्दत गर्छ।

• मुटुको धड्कन असामान्य हुने (ढिलो या असमान धड्कन) समस्यामा प्रयोग गरिन्छ।
• जब मुटु आफैंले सही तरिकाले धड्कन बनाउन सक्दैन, तब पेसमेकरले विद्युतीय संकेत पठाएर धड्कनलाई नियमित बनाउँछ।
• मुटुमा समस्या भएका वृद्ध वा मुटुको शल्यक्रिया गरिसकेका बिरामीहरूमा प्राय: यो प्रयोग गरिन्छ।

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार