एप्पलले अन्ततः प्रयोगकर्ताहरूलाई एन्ड्रोइडमा ईसिम स्थानान्तरण गर्न अनुमति दिने

Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

पछिल्ला केही वर्षहरूमा फोन स्विच गर्न धेरै सजिलो भएको छ। तर अझै पनि बाँकी रहेको ठूलो बाधा भनेको ईसिमहरू स्थानान्तरण गर्नु हो। आईफोनबाट एन्ड्रोइडमा स्विच गर्दा यसले अतिरिक्त अवरोध खडा गर्ने गरेको छ। तर यो पनि अब परिवर्तन हुन लागेको बताइएको छ।

एन्ड्रोइड अथोरिटीका अनुसार, एप्पलले आईओएस १९ को लागि एउटा सुविधा तयार गरिरहेको छ जसले प्रयोगकर्ताहरूलाई आफ्नो ईसिम प्रोफाइललाई आईफोनबाट एन्ड्रोइडमा सहजै स्थानान्तरण गर्न अनुमति दिने उल्लेख गरिएको छ। कोडमा भएको एउटा स्ट्रिङले यो सुविधालाई “ट्रान्सफर टु एन्ड्रोइड” भनिने सुझाव दिएको छ भने यो सेटिङहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।

त्यसैगरी स्ट्रिङले नयाँ क्यूआर कोड जेनेरेट (उत्पन्न) हुने सुझाव पनि दिएको छ जसले एन्ड्रोइड फोनहरूलाई कोड स्क्यान गरेर ईसिम (अहिलेको जस्तै गरी) थप्न अनुमति दिने बताइएको छ। साथै आईओएस १९ (वा पछिका) भएका फोनहरूलाई मात्र आफ्नो प्रोफाइल एन्ड्रोइडमा सार्न अनुमति दिइने थप उल्लेख गरिएको छ।

हाल, संयुक्त राज्य अमेरिकामा बिक्री गरिने सबै एप्पल स्मार्टफोनहरू ईसिम मात्र भएको र तिनीहरुमा सिम कार्डको लागि कुनै भौतिक स्लट उपलब्ध नभएको बताइएको छ। प्रयोगकर्ताहरूले व्यक्तिगत क्यूआर कोड प्राप्त गर्न आफ्नो क्यारियरलाई सम्पर्क गर्नुपर्दछ, जुन सबै पक्षहरूको लागि अत्यन्तै असुविधाजनक हुने गरेको छ।

डब्ल्यूडब्ल्यूडीसी जुन ९–१३ तारिख सम्म हुने तालिका रहेको हुनाले अबको लगभग दुई हप्तामा यस सुविधाको बारेमा थप विवरणहरू सुन्ने पाइने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया