ताजा समाचार

ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगको उपकरण आयातमा कर नलाग्ने

ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगको उपकरण आयातमा कर नलाग्ने
Global IME Bank

सरकारले नवीकरणीय उर्जालाई प्राथमिकता दिएको छ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगको लागि पैठारी हुने मेशिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने व्यवस्था गरेको घोषणा गरे।

“ग्रीन हाइड्रोजन उत्पादकलाई ५ वर्ष सम्म आयकर छुट दिने व्यवस्था मिलाएको छु,” उनले भने।

यसैगरी सौर्य तथा वायु ऊर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने व्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको जानकारी गराए।

Sajilo Visa
easy care