
काठमाडौं ।
सरकारले आगामी आवमा इलेक्ट्रिक भेहिकलको करलाई जस्ताको त्यस्तै राखेको छ।
संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इलेक्ट्रिक भेहिकलको करमा हेरफेर नगरिएको बताए।
“विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदुषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत राखेको छु,” उनले भने।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार