जिओस्टेशनरी स्याटेलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तय गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
जिओस्टेशनरी स्याटेलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तय गरिने
स्याटेलाइटको एआईद्वारा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

;सरकारले जिओस्टेशनरी स्याटेलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तय गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिओस्टेशनरी स्याटेलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तय  गरिने बताएका हुन्।

यसबाहेक उनले सूचना प्रविधि उद्योगको लागि इकोसिस्टम विकास गरिने र सूचना प्रविधि सेवाको निर्यात प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गरिने पनि घोषणा गरे।

थप रुपमा कृत्रिम बौद्धिकता र मेशिन लर्निङको अनुसन्धान प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिने पनि बताइएको छ।।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...