वायरलेस रेडियो निर्माता सिल्भस टेक्नोलोजिजलाई ४.४ अर्ब डलरमा किन्दै मोटोरोला सलुसन्स

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
वायरलेस रेडियो निर्माता सिल्भस टेक्नोलोजिजलाई ४.४ अर्ब डलरमा किन्दै मोटोरोला सलुसन्स

काठमाडौं ।

मोटोरोला सलुसन्सले मंगलबार वायरलेस रेडियो निर्माता कम्पनी सिल्भस टेक्नोलोजिजलाई ४.४ अर्ब डलरमा खरीद गर्ने घोषणा गरेको छ।

सुरक्षा उपकरण उत्पादन गर्ने कम्पनी मोटोरोलाले आफ्नो बजार स्थिति सुदृढ गर्न र बढ्दो मागको फाइदा लिन यो निर्णय गरेको हो।
यस अधिग्रहणले मोटोरोलालाई विशेष गरी बढ्दो भू-राजनीतिक तनाव र क्षेत्रीय द्वन्द्वका बीचमा रेडियो जस्ता उपकरणहरूको उच्च मागलाई सम्बोधन गर्न सञ्चार हार्डवेयर विकास र सुधार गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौता अनुसार सिल्भसले आफ्नो व्यवसायिक प्रदर्शनको आधारमा २०२७ र २०२८ मा समाप्त हुने १२-१२ महिनाका अवधिका लागि अधिकतम ६०० मिलियन डलरको अतिरिक्त बोनसप्राप्त गर्ने रोयटर्सले उल्लेख गरेको छ।

यो खरीद प्रक्रिया सन् २०२५ को तेस्रो वा चौथो त्रैमासिकमा पूरा हुने अपेक्षा गरिएको छ।

सन् २००४ मा स्थापना भएको र लस एन्जलसमा मुख्यालय रहेको सिल्भस टेक्नोलोजिजले सैनिक र समुद्री अपरेसनजस्ता महत्वपूर्ण कार्यका लागि उन्नत वायरलेस संचार प्रणालीहरू बनाउँछ।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार