Technology Khabar १४ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
‘सीआईबीको डीएसपी हुँ, करणी मुद्दा मिलाइदिन्छु’ भन्दै ८ लाख ४० हजार ठगी गर्ने एक जनालाई पक्राऊ केन्द्रीय अनुसन्धान ब्यूरो – सीआईबीले पक्राऊ गरेको छ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी युवराज खड्काका अनुसार पक्राऊ पर्नेमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ०२ बालकोट घर भई हाल भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ कमेरोटार बस्ने बर्ष ४१ को अनिल थापा रहेका छन्।
थापालाई ब्यूरोबाट खटेको प्रहरीले हिजो जेठ १३ गते मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ कमेरोटारबाट पक्राऊ गरेको हो।
८ लाख ४० हजार ठगी गरेको सूचनाका आधारमा टोलीले खोजतलास गर्ने क्रममा निजलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरी :“मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद २१ दफा २४९ ‘ठगी गर्न नहुने’ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताए।
प्रारम्भिक अनुसन्धानबाट थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंले २०७५ सालमा समेत ठगी तथा अपराधिक विश्वासघात कसूरमा मुद्दा चलाएको पाइएको पनि खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार