लक्षणहरू देखा पर्नु अघि अल्जाइमर्सको पहिचान गर्ने क्रान्तिकारी ब्रेन स्क्यान

Technology Khabar १४ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

वैज्ञानिकहरूले विश्वको पहिलो मस्तिष्क स्क्यानिङ प्रविधिको विकास गरेका छन् जसले लक्षणहरू देखिनुभन्दा वर्षौं अघि अल्जाइमर रोगका लक्षणहरू पहिचान गर्न सक्ने उल्लेख गरिएको छ। न्यूरोडिजेनेरेसनका थप सूक्ष्म संकेतहरू पत्ता लगाउन एमआरआई स्क्यानहरूको विश्लेषण गर्ने कोर्टिकल डिसअरे मेजरमेण्ट (सीडीएम) भनिने प्रविधि प्रयोग गरेर, वैज्ञानिकहरूले लाखौंलाई डिमेन्सियाको बारेमा चिन्ता गनेहरुलार्ई मद्दत गर्ने आशा गरिरहेका छन्।

हाल, डाक्टरहरूले प्रश्नावलीहरूको संयोजन मार्फत डिमेन्सिया जस्ता रोगहरूको निदान गर्दछन्, जसले स्मरण (मेमोरी) समस्याहरू र एमआरआई स्क्यानहरू देखाउँछन्। यद्यपि, यो प्रक्रियामार्फत मानिसहरूलाई रोगको विकाश भएपछि मात्र निदान गरिन्छ।

नयाँ “प्रसिजन डायग्नोस्टिक्स टुल” मार्फत, डाक्टरहरूले विशेष गरी स्मरण (मेमोरी), निर्णय लिने र भाषा जस्ता कार्यहरूसँग सम्बन्धित कोर्टेक्सको संरचना र कार्यमा अवरोधहरू पत्ता लगाउन सक्षम हुनेछन्।

“हाम्रो परिष्कृत प्रसार विश्लेषण न्यूरोप्याथोलोजीको गहिरो बुझाइ र सूक्ष्म मस्तिष्क डाटा र एमआरआई विश्लेषण बीचको सम्बन्धमा आधारित छ” नयाँ प्रविधि विकास गर्ने ब्रिटिश कम्पनी अक्सफोर्ड ब्रेन डायग्नोस्टिक्सले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

यसले कसरी काम गर्छ?

  • कम्पनीका अनुसार, सीडीएम एक अल–इन–वान समाधान हो जुन क्लाउड नेटिभ, गैर–आक्रामक छ र वयस्क जीवनका धेरै चरणहरूमा बिरामीहरूमा मस्तिष्क परिवर्तनहरूको निगरानी गर्दछ।
  • सीडीएम इनसाइट्सले १.५टी र ३टी स्क्यानरहरू दुवैबाट क्लिनिकल एमआरआई स्क्यान डाटा प्रोसेस गर्दछ
  • त्यसपछि यसले ईमेजेस (तस्बिरहरू) र नुमेरिकल भ्यालु (संख्यात्मक मानहरू) को रूपमा आउटपुटहरू प्रदान गर्दछ, जुन सामान्यतया मानक जनसंख्या वितरणको प्रतिशतकको रूपमा प्रस्तुत गरिन्छ।

यो स्वामित्वको प्रविधिलाई पहिले नै यूएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले संयुक्त राज्य अमेरिकामा प्रयोगको लागि “ब्रेकथ्रु” डिभाइसको रूपमा तोकेको जनाइएको छ।

कम्पनीको सुरुवात अक्सफोर्डका न्यूरोसाइन्स (स्नायु विज्ञान) का पूर्व सह–प्राध्यापक डा. स्टीभन चान्स र ब्रेन इमेजिङका अग्रणी विशेषज्ञ प्रोफेसर मार्क जेनकिन्सनले गरेका हुन् भने बेलायती लगानी फर्म बीजीएफ र अक्सफोर्ड टेक्नोलोजी एण्ड इनोभेसन फन्डले यस उद्यमको लागि कोष प्रदान गरेको उल्लेख गरिएको छ।

गत महिना, मास जनरल ब्रिघमका अनुसन्धानकर्ताहरूले एउटा आर्टिफिशियल इन्टेलिजेन्स (एआई) टुल आविष्कार गरेको बताइएको छ जसले बिरामीहरूमा मस्तिष्क क्षय हुनुभन्दा वर्षौं अघि नै भविष्यवाणी गर्न सक्ने उल्लेख गरिएको छ।

एआई टुलले अनुमान गर्न इलेक्ट्रोएन्सेफ्यालोग्राफी (ईईजी) प्रयोग गरेर निद्राको समयमा मस्तिष्क गतिविधिमा हुने सूक्ष्म परिवर्तनहरूको विश्लेषण गर्दछ। एउटा अध्ययनको क्रममा, यसले अन्ततः संज्ञानात्मक गिरावट अनुभव गर्ने ८५ प्रतिशत व्यक्तिहरूलाई सही रूपमा फ्ल्याग (चिन्ह) गरेका र जसको समग्र शुद्धता ७७ प्रतिशत भएको जनाइएको छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, विश्वभर लगभग ५ करोड ५० लाख मानिसहरू डिमेन्सियाका साथ बाँचिरहेका छन्। त्यसैगरी धेरै अध्ययनहरूले संज्ञानात्मक कमजोरीको सुरुवात हुनुभन्दा पहिले, व्यवहार र शारीरिक कार्यहरूमा परिवर्तन हुन सक्छ भन्ने सुझाव दिएका छन्। प्रोड्रोमल चरणहरूमा यी संकेतहरू पहिचान गर्नाले प्रभावकारी हस्तक्षेपहरूको लागि सम्भावित रूपमा राम्रो विन्डो प्रदान गर्न सक्ने एनडीटिभीले उल्लेख गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया