Technology Khabar ११ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
विश्वको सबैभन्दा ठूलो आईसबर्ग ए२३ए साना टुक्राहरूमा टुक्रिरहेको र जसले गर्दा मानिसका साथै नजिकैको अन्टार्कटिक स्याङ्कचुरीमा रहेका लाखौं पेन्गुइनहरूको लागि खतरा निम्त्याउन सक्ने उल्लेख गरिएको छ। एमओडीआईएस (मोडरेट रिजोल्युसन इमेजिङ स्पेक्ट्रोरेडियोमिटर) ले सुसज्जित नासाको एक्वा भूउपग्रहले विशाल आईसबर्ग ए२३ए टुक्रिएको आकर्षक तस्बिरहरू खिचेको छ। तस्बिरहरूले आईसबर्गको उत्तरी किनारबाट हजारौं साना बरफका टुक्राहरू छुट्टिँदै गरेको देखाएको छ र जसले वरपरको क्षेत्रमा खतरनाक बरफको परिदृश्य सिर्जना गर्दछ। तस्बिरले आईसबर्गको विशाल आकारलाई हाइलाइट गर्दछ, जुन दक्षिण जर्जिया टापु (लगभग १४०० वर्ग माइल) सँग तुलना गर्न सकिने बताइएको छ जुन एन्ड्युरेन्स सिप रेक (जहाज दुर्घटना) पछि अर्नेस्ट श्याकलटनको उद्धार अभियानको लागि प्रसिद्ध रहेको छ।
“मुख्य आईसबर्ग नजिकै समुद्रको सतहमा हजारौं आईसबर्गका टुक्राहरू थुप्रिएका छन्, जसले गर्दा अँध्यारो, ताराले भरिएको रातको सम्झना दिलाउने दृश्य सिर्जना भएको छ” अन्तरिक्ष एजेन्सीका प्रतिनिधिहरूले लेखेको नासाले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
“मेगाबर्ग“ ए२३ए, हाल विश्वको सबैभन्दा ठूलो आईसबर्ग भएको र यसको सतह क्षेत्रफल लगभग १,२०० वर्ग माइल रहेको छ। यो सन् १९८६ मा अन्टार्कटिकाको फिल्चनर–रोन आइस शेल्फबाट निस्किए पनि सन् २०२३ सम्म फसेको अवस्थामा थियो। त्यसबाट फुटेपछि, यसले सन् २०२३ को जुन महिनामा सबैभन्दा ठूलो आईसबर्गको उपाधि पुनः प्राप्त गरेको थियो। त्यसपछि सन् २०२४ को सुरुमा फेरि भरटेक्समा अड्कियो ए२३ए डिसेम्बरमा फुटेको थियो। यो अब दक्षिण जर्जिया टापुमा अवस्थित रहेको छ जहाँ यो नपग्लिएसम्म वा स्कोटिया सागरको “ आईसबर्ग ग्रेभयार्ड” मा टुक्रिएसम्म रहने सम्भावनाको उल्लेख गरिएको छ।
नासाका अनुसार, विशाल आईसबर्ग “एज वेस्टिङ्ग” भनिने प्रक्रिया मार्फत साना टुक्राहरूमा टुक्रिरहेको छ। नयाँ आईसबर्गहरू ए२३ए को तुलनामा सानो देखिए पनि, धेरैवटा आईसबर्गहरू अझै पनि एक किलोमिटर चौडा छन् र जसले जहाजहरूको लागि जोखिम खडा गर्दछ। मुख्य आईसबर्गबाट फुट्ने सबैभन्दा ठूलो टुक्रालाई ए२३एसी भनि नामाकरण गरिएको छ र यसको मापन लगभग ५० वर्ग माइल रहेको छ। मार्चमा अड्किएदेखि, ए२३ए लगभग २०० वर्ग माइलले संकुचित भएको बताइएको छ। आईसबर्ग पूर्ण रूपमा टुक्रिनका लागि महिनौं वा वर्ष लाग्ने अपेक्षा गरिएको छ। यसबाहेक ए२३ए को आकार पनि साँघुरिँदै गइरहेको र डी१५ए नामक अर्को आईसबर्ग यसको रेकर्डको नजिक आउँदै गरेको उल्लेख गरिएको छ।
प्रभावः
दक्षिण जर्जिया टापुमा सिल, समुद्री चरा र २० लाखभन्दा बढी पेन्गुइनहरू सहित विविध वन्यजन्तुहरूको बसोबास छ, तर त्यहाँ मानव उपस्थिति कम छ जहाँ वार्षिक रूपमा केही दर्जन अनुसन्धानकर्ताहरू मात्र भ्रमण गर्छन्। हाल समुद्री तटमा रहेको विशाल आईसबर्ग ए२३ए ले पेन्गुइनहरूलाई शिकार खोज्न लामो दूरी यात्रा गर्न बाध्य पारेको र यसको पग्लिएको पानीले वरपरको पानीको तापक्रम र सलिनिटी (कुनै चीजमा रहेको नुनको मात्राको नुन समावेश भएको तथ्य) लाई परिवर्तन गरेर पारिस्थितिक प्रणालीलाई बाधा पुर्याउन सक्ने बताइएको छ।
यी मध्ये केही टुक्राहरू आधा माइलभन्दा बढी चौडा भएकाले “जहाजहरूको लागि जोखिम” निम्त्याउन सक्छन् भनि नासाले उल्लेख गरेको छ।
यद्यपि, तटबाट यसको अपेक्षाकृत टाढाको स्थानले प्रभावलाई कम गर्ने सम्भावन रहेको उल्लेख गरिएको छ। केही अनुसन्धानकर्ताहरूले पग्लिने आईसबर्गले समुद्रमा पोषक तत्वहरू छोडेर सकारात्मक प्रभाव पार्न सक्ने सुझाव दिएका छन्, जसले समुद्री पारिस्थितिक प्रणालीलाई फाइदा पुर्याउने बताइएको छ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भविष्यमा ठूला आईसबर्ग फुट्ने जस्ता घटनाहरू बढी मात्रामा बारम्बार हुन सक्ने चेतावनी दिएका छन्। बरफको शेल्फ पग्लने यो गतिले विश्वव्यापी समुद्री सतह, महासागर पारिस्थितिक प्रणाली र समग्र ग्रहको जलवायुमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ भनि एनडीटिभीले उल्लेख गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार