ताजा समाचार

नुहाइरहेको फोटो र भिडियो लुकिछिपी खिचेर सार्वजनिक गरिदिने धम्की आएपछि युवतीद्वारा आत्महत्या

नुहाइरहेको फोटो र भिडियो लुकिछिपी खिचेर सार्वजनिक गरिदिने धम्की आएपछि युवतीद्वारा आत्महत्या
Global IME Bank

नुहाइरहेको फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की आएपछि २५ वर्षीय अन्जना रिजालले आत्महत्या गरेकी छिन्।

भक्तपुर नगरपालिका-५ का ५५ वर्षीय किरणकुमार अवालले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ की रिजालको नुहाइरहेको फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिएका थिए।

अन्जनाले नुहाइरहेको अवस्थामा अवालले लुकीछिपी भिडियो र फोटो खिचेर शारीरिक र मानसिक यातनासहित धम्की दिँदै आएका थिए।

धम्कीपछि अन्जनाले विष सेवन गरेर बिरामी परेपछि उपचारका लागि धुलिखेल अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको मृतकका दाजु पदमबहादुरले जानकारी दिए।

मृतक अन्जनाका दाजु पदमले प्रहरी वृत्त ठिमी भक्तपुरमा अवालविरुद्ध जाहेरी दिएका छन्। जाहेरीका आधारमा ठिमी प्रहरीले आरोपित अवाललाई जेठ ४ गते भक्तपुरबाट पक्राउ गरी अनुसन्धान थालेको छ।

भिडियो र तस्बिर खिचेर अवालले अन्जनालाई पटक पटक शारीरिक र मानसिक यातना दिएपछि सहन नसकेर अन्जनाले मृत्युको बाटो रोजेको पदमले बताएका छन्।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care