गुगल आई/ओ २०२५ घोषणाहरूः जेमिनी २.५ मोडेल, इम्याजिन ४, भिओ ३ र फ्लो

Technology Khabar ७ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

गुगल आई/ओ २०२५ मा प्रायः एआईमा केन्द्रित धेरै ठूलो घोषणाहरू गरिएका छन्। जेमिनी २.५ मोडेलहरू (प्रो र फ्ल्यास) को लागि अपडेटहरू र नयाँ सुविधाहरूका साथै शक्तिशाली इम्याजिन ४ ईमेज जेनेरेटर र भिओ ३ एआई भिडियो जेनेरेटर पनि घोषणा गरिएको छ।

गुगलले फ्लो पनि अनावरण गरेको छ। फ्लो एक समर्पित एआई फिल्ममेकिङ्ग टुल हो जसले साधारण टेक्स्ट प्रम्प्टहरूबाट सिनेम्याटिक सिनहरू सिर्जना गर्न इम्याजिन, भिओ र जेमिनी मोडेलहरूलाई संयोजन गर्दछ।
जेमिनी २.५ः
जेमिनी २.५ ले २४ भन्दा बढी भाषाहरूमा टेक्स्ट–टु–स्पीच र एक्सप्रेसिभ भ्वाइसेसहरू सहित विस्तारित भाषा समर्थन ल्याएको छ। गुगलले फ्ल्यास र प्रो मोडेल दुवैको लागि सुधारिएको रिजनिङ (तर्क), मल्टिमोडालिटी, कोडिङ र लङ्ग कन्टेक्स्ट क्यापमबिलिटिज (क्षमताहरू) को दाबी गरेको छ

प्रो मोडेलमा ठूलो नयाँ अपडेट भनेको अत्यधिक जटिल गणित र कोडिङ टास्क (कार्यहरू) को लागि थपिएको डीप थिङ्क रिजनिङ मोड रहेको छ। यो सुविधा अझै पनि यसको “प्रयोगात्मक” चरणमा नै भएको र चाँडै नै विश्वसनीय परीक्षकहरूलाई जारी गरिने जनाइएको छ। गुगलले प्रतिक्रिया दिनु अघि धेरै परिकल्पनाहरू विचार गर्न सक्ने बताएको छ।

जेमिनी २.५ प्रो अब वेबडेभ एरेना र एलएमएरेना बेन्चमार्कहरूमा अग्रणी एआई मोड हो। यसले इनहान्स्ड कोडिङ र वेब एप बिल्डिङ टुल्स (उपकरणहरू) र लङ्ग कन्टेक्स्ट बुझाइको लागि १० लाख टोकन विन्डो प्रदान गर्दछ। जेमिनी २.५ ले अप्रत्यक्ष प्रम्प्ट इन्जेक्सनहरू विरुद्ध सुरक्षालाई पनि सुधार गर्दछ।
जेमिनी २.५ फ्ल्यास जेमिनी एपमा सबै प्रयोगकर्ताहरूको लागि प्रिभ्यू (पूर्वावलोकन) मा उपलब्ध छ भने यसको सामान्य रिलीज जुन महिना पछि हुने उल्लेख गरिएको छ। जेमिनी २.५ प्रोको व्यावसायिक रिलीज केही समय पछि हुने थप उल्लेख गरिएको छ।

इम्याजिन ४ः
इम्याजिन ४ ले अब २के रिजोल्युसनमा तस्बिरहरू आउटपुट गर्न सक्छ। गुगलले जेनेरेट गरिएका कार्डहरू, पोस्टरहरू र कमिक्सहरूमा टेक्स्ट एक्युरेसी सुधार गरिएको दाबी गरेको छ। इम्याजिन ४ बुधबारदेखि जेमिनी, गुगल वर्कस्पेस, व्हिस्क र भर्टेक्स एआई एपहरूमा उपलब्ध छ।
भिओ ३ः
भिओ ३ गुगलको पछिल्लो एआई भिडियो मोडेल हो र यसमा सुधारिएको टेक्स्ट–टु–भिडियो प्रम्प्ट रिकगनिसन (पहिचान) सुविधा उपलब्ध छ। यसले साउण्ड (ध्वनि), क्यारेक्टर संवाद र ब्याकग्राउण्ड नोइज (पृष्ठभूमि आवाज) को साथ भिडियो आउटपुट गर्न सक्ने बताइएको छ। अमेरिकामा रहेका गुगल एआई अल्ट्राका ग्राहकहरू र भर्टेक्स एआई इन्टरप्राइज प्रयोगकर्ताहरूका लागि बुधबारदेखि भिओ ३ उपलब्ध भएको छ।

भिओ २ः
भिओ २ ले क्यामरा मुभमेण्टस्, अब्जेक्ट एडिसन (वस्तु थप्ने) र रिमुभल (हटाउने) फङ्गसनेलिटी प्राप्त गर्ने बताइएको छ। प्रयोगकर्ताहरूले मूल सीमाभन्दा बाहिर फ्रेमहरू विस्तार गर्न स्टाइल कन्ट्रोल (शैली नियन्त्रण) र आउटपेन्टिङको लागि ईमेजवहरू पनि थप्न सक्ने छन्।

फ्लोः
फ्लो गुगलको नयाँ एआई फिल्ममेकिङ टुल हो जसले सिनेम्याटिक सिनहरूको लागि भिओ, इम्याजिन र लिरिया मोडेलहरूको क्षमताहरूलाई थप विवरणका साथ संयोजन गर्दछ। फ्लोले कथाकारहरूलाई भौतिकशास्त्र र यथार्थवादमा उत्कृष्ट हुने असाधारण सिनेम्याटिक क्लिपहरू सिर्जना गर्न मद्दत गर्न सक्ने गुगलले दावी गरेको छ। प्रयोगकर्ताहरूले क्यामरा गति, कोण र दृष्टिकोण नियन्त्रण गर्न सक्नेछन्। प्रयोगकर्ताहरूले पहिले उत्पन्न गरिएका भिडियोहरू सम्पादन र विस्तार पनि गर्न सक्नेछन्। गुगल फ्लो अब अमेरिकामा गुगल एआई प्रो र अल्ट्राका ग्राहकहरूका लागि उपलब्ध भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया