एनभिडियाको प्रविधि प्रयोग गर्ने अनुकूलित डाटा सेन्टर सीपीयू बनाउने क्वालकमको घोषणा

Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

क्वालकमले एनभिडियाका कृत्रिम बुद्धिमत्ता चिपहरूसँग जडान गर्न एनभिडियाको प्रविधिको प्रयोग गर्ने अनुकूलित डाटा सेन्टर सीपीयू (सेन्ट्रल प्रोसेसिङ युनिट) बनाउने सोमबार घोषणा गरेको छ।

एआई बजारमा एनभिडिया का चिपहरू प्रमुख मानिन्छन् तर ती सधैं सीपीयू सँग प्रयोग हुने गर्छन्। सीपीयू को बजार परम्परागत रूपमा इन्टेल र एएमडीको वर्चस्वमा रहेको छ। एनभिडियाले पनि आर्म होल्डिङ्सको प्रविधि प्रयोग गरेर आफ्नै “ग्रेस” नामको सीपीयू डिजाइन गर्दै सीपीयू बजारमा प्रवेश गरिसकेको छ।

सोमबार, क्वालकमले डाटा सेन्टर सीपीयू बजारमा पुनः फर्किने जनाएको छ। सन् २०१० को दशकमा क्वालकम ले आर्म-आधारित सीपीयू विकास गर्न थालेको थियो र मेटा प्लेटफर्मसँग परीक्षण पनि गरेको थियो, तर लागत कटौती र कानुनी चुनौतीका कारण त्यो प्रयास रोकिएको थियो।

तर २०२१ मा एप्पल का पूर्व चिप डिजाइनरहरूको टोली प्राप्त गरेपछि, क्वालकम ले ती प्रयासहरू पुनः सुरु गरेको छ र फेरि मेटा सँग डेटा सेन्टर सीपीयू सम्बन्धी छलफल गरिरहेको छ। क्वालकम ले गत साता साउदी अरेबियाको एआई कम्पनी ह्युमेइनसँग अनुकूलित डाटा सेन्टर सीपीयू विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भएको पुष्टि गरेको छ।

सोमबार क्वालकमले भनेको आफ्ना आगामी चिपहरूले एनभिडियाको प्रविधि प्रयोग गर्ने र यसले ती चिपहरूलाई एनभिडिया का ग्राफिक्स प्रोसेसर (जीपीयू) सँग छिटो जडान गर्न मद्दत गर्ने बताएको छ। यी जीपीयूहरू एनभिडिया का एआई चिप पोर्टफोलियोका मुख्य हिस्सा हुन्।

“हाम्रा अनुकूलित प्रोसेसरहरूलाई एनभिडियाको र्याक स्केल आर्किटेक्चरसँग जडान गर्ने क्षमतासहित, हामी उच्च प्रदर्शन र ऊर्जा-कुशल कम्प्युटिङका लागि साझा लक्ष्यतर्फ अगाडि बढिरहेका छौं,” क्वालकम का प्रमुख कार्यकारी अधिकृत क्रिस्टियानो अमोनले सोमबार भने।

प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया