Technology Khabar १ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
सूर्यको बढ्दो तापक्रमका कारण अक्सिजनको कमी हुनाले पृथ्वीमा जीवन १ अर्ब वर्षमा समाप्त हुने एउटा सुपर कम्प्युटर सिमुलेशनले भविष्यवाणी गरेको छ।
नासाको प्लानेटरी मोडेलिङ प्रयोग गरेर टोहो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक सुपर कम्प्युटर सिमुलेशनले पृथ्वीको अक्सिजन लगभग एक अर्ब वर्षमा गायब हुने भविष्यवाणी गरेको छ, जसले गर्दा बाँच्न असम्भव हुनेछ। अध्ययनले ४,००,००० सिमुलेशनहरू रन गर्दै पृथ्वीको वायुमण्डलको सम्भावित विकासको अन्वेषण गरेको थियो।
सूर्यको उमेर बढ्दै जाँदा, यो तातो र उज्यालो हुँदै जानेछ, जसले पृथ्वीको हावापानीलाई असर गर्नेछ। पानी वाष्पीकरण हुनेछ, सतहको तापक्रम बढ्नेछ र कार्बन साइकल (चक्र) कमजोर हुनेछ जसले गर्दा बोटबिरुवाहरू मर्नेछन् र अक्सिजन उत्पादन रोकिनेछ। वायुमण्डल उच्च मिथेनको अवस्थामा फर्कनेछ, जसले ग्रेट अक्सिडेशन इभेन्ट अघिको प्रारम्भिक पृथ्वीको सम्झना दिलाउँछ।
नेचर जियोसाइन्समा प्रकाशित ‘‘ फ्युचर लाइफस्पान अफ अर्थस् अक्सिजेनेटेड एटमोसफियर’ शीर्षकको अध्ययनले पृथ्वीको अक्सिजनयुक्त वायुमण्डलको भविष्यको आयु १ अर्ब वर्ष रहेको पत्ता लगाएको छ।
“धेरै वर्षदेखि, सूर्यको स्थिर उज्यालोपन र विश्वव्यापी कार्बोनेट–सिलिकेट जियोकेमिकल साइकल (भू–रासायनिक चक्र) को बारेमा वैज्ञानिक ज्ञानको आधारमा पृथ्वीको वायोस्फेयर (जैविक क्षेत्र)को आयुको बारेमा छलफल गरिएको छ” जापानको टोकियोस्थित तोहो विश्वविद्यालयका सहायक प्राध्यापक काजुमी ओजाकीले एक समाचार विज्ञप्तिमा भने।
“यस्तो सैद्धान्तिक रूपरेखाको एउटा परिणाम भनेको वायुमण्डलीय कार्बनडाइअक्साइडको स्तरमा निरन्तर गिरावट र भूगर्भीय समय मापनमा विश्वव्यापी तापक्रम वृद्धि हो” ओजाकीले उल्लेख गरे।
“सामान्यतया फोटोसेन्थेसिस (प्रकाश संश्लेषण) को लागि सीओ२ को अभाव र अत्यधिक तापको संयोजनको कारणले पृथ्वीको वायोस्फेयर (जैविक क्षेत्र) २ अर्ब वर्षमा समाप्त हुनेछ भन्ने सोचाइ रहेको छ” भनि ओजाकीले बताए।
“यदि यो सत्य हो भने, टाढाको भविष्यमा कसैले पनि वायुमण्डलीय ओ२ स्तर पनि अन्ततः घट्ने अपेक्षा गर्न सक्छ। यद्यपि, यो कहिले र कसरी हुनेछ भन्ने कुरा स्पष्ट छैन” ओजाकीले उल्लेख गरे।
यस्तो वातावरणमा सैद्धान्तिक रूपमा जीवन अवस्थित हुन सक्छ, तर यो हामीले थाहा पाएको भन्दा धेरै फरक हुनेछ। अघिल्लो अनुमानहरूले अत्यधिक ताप र सीओ२ अभावका कारण पृथ्वीको जैविक क्षेत्र दुई अर्ब वर्षमा समाप्त हुने सुझाव दिएका काजुमी ओजाकीले उल्लेख गरेका छन्। यो नयाँ अनुसन्धानले त्यो समयसीमालाई घटएको छ र एक अर्ब वर्षमा द्रुत डिअक्सिजनेशनको भविष्यवाणी गरिएको छ भन्दै एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार