Technology Khabar ३१ बैशाख २०८२, बुधबार
काठमाडौं ।
गुगलले डिभाइसहरूमा पासवर्डलेस लगइनतर्फ अर्को कदम चालेको छ र पछिल्लो कदमले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई चिन्तित बनाउने उल्लेख गरिएको छ।
गुगलले प्रयोगकर्ताहरूलाई उनीहरूको डिभाइसहरूमा लग इन गर्न सजिलो तरिका प्रदान गर्ने निर्णय गरेको छ। साथै ती प्रयोगकर्ताहरूलाई ठूलो संख्यामा पासवर्डहरू सम्झनबाट बचाउने निर्णय कम्पनीले गरेको बताइएको छ।
पासवर्ड कीजहरू प्रयोग गरेर खाताहरू एक्सेस (पहुँच) गर्ने कार्य बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ र धेरै संख्यामा सेवाहरूले यसलाई प्रस्तुत गरिरहेका छन्। त्यसैले गुगलले एन्ड्रोइड डिभाइसहरूमा प्रविधिलाई अझ पहुँचयोग्य बनाउने निर्णय गरेको उल्लेख गरिएको छ।
“अटोम्याटिक पासवर्ड जेनेरेसन” भनिने यस नयाँ सुविधा धेरै प्रचार बिना नै केही एन्ड्रोइड डिभाइसहरूमा उपलब्ध गराइएको टेलिग्राफले रिपोर्ट गरेको छ।
पासकीजहरूको साथ पासवर्डहरू इन्ट्रि गर्न आवश्यक नपर्ने भएकाले तिनीहरू लोकप्रिय बनेको उल्लेख गरिएको छ। त्यसको सट्टा बरु, प्रयोगकर्ताको पहिचान पिन कोड, फिङ्गरप्रिन्ट वा फेसियल रिकग्निसन इन्ट्रि गरेर पुष्टि गरिने उल्लेख गरिएको छ।
पासकी लगइन अप्सनले, तपाईंको खातामा लग इन गर्न सजिलो बनाउनुको साथै, पासवर्ड चोरी र अन्य आक्रमणहरूको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने विश्लेषणहरूले देखाएको छ।
गुगलले बिस्तारै पासकी अप्सन प्रस्तुत गर्दैछ र प्रयोगकर्ताहरूलाई पहिले प्ले स्टोरलाई नवीनतम संस्करणमा अपडेट गर्न सिफारिस गरेको उल्लेख छ। त्यसपछि अप्सन सक्रिय छ कि छैन भनेर हेर्नको लागि सेटिङहरू जाँच गर्नु पर्ने उल्लेख गरिएको छ।
त्यसैगरी यो सुविधा स्वचालित रूपमा सक्रिय हुनेछ भने प्रयोगकर्ताहरूले चाहेमा यसलाई असक्षम पार्न सक्नेछन्।
प्रकाशित: ३१ बैशाख २०८२, बुधबार