हरेक महिना लाखौं पटक इन्स्टल हुन्छन् यी खतरनाक एपहरू

  • Technology Khabar | ३० बैशाख २०८२, मंगलवार
हरेक महिना लाखौं पटक इन्स्टल हुन्छन् यी खतरनाक एपहरू

काठमाडौं ।

पछिल्लो समय एन्ड्रोइड फोन प्रयोगकर्ताहरूका लागि एपहरू इन्स्टल गर्दा खतरा हुन सक्ने तथ्यको खुलासा गरिएको छ। चलाखीपूर्वक प्रयोगकर्ताहरूलाई धेरै एपहरू इन्स्टल गर्न प्रोत्साहन गर्दै फोनमा डाउनलोड गरेपछि ती एपहरूले समस्या निम्त्याउने नयाँ खतरा देखा परेको बताइएको छ।

“क्यालिडोस्कोप” भनिने यो फिसिङ आक्रमणले गुगल प्लेमा वैध रुपमा उपलब्ध भएका एपहरू प्रयोग गर्ने उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार, प्रत्येक महिना २५ लाख नयाँ डिभाइसहरू समस्यामा पर्ने गरेको र जसमध्ये २० प्रतिशत भारतमा अवस्थित रहेको बताइएको छ।

त्यसैगरी क्यालिडोस्कोप पत्ता लागेका अन्य क्षेत्रहरूमा इन्डोनेसिया, फिलिपिन्स र ब्राजिल समावेश छन्।

तेस्रो–पक्ष एप स्टोर पेजेज (पृष्ठहरू) मार्फत मालिसियस (खतरायुक्त) एपहरूको इन्स्टल (स्थापना) गर्नु नै यो समस्या फैलिनुको मुख्य कारण भएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३० बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...