आर्टिफिसियल इन्टेलिजेन्स

आर्टिफिसियल इन्टेलिजेन्सले चाँडै मेटाका केही इन्जिनियरहरूको काम गर्न सक्छः जुकरबर्ग

आर्टिफिसियल इन्टेलिजेन्सले चाँडै मेटाका केही इन्जिनियरहरूको काम गर्न सक्छः जुकरबर्ग
Global IME Bank

मार्क जुकरबर्गले आजका व्यवसायिक संस्थापकहरू र उद्यमीहरूले प्रविधिको फाइदा उठाउन आवश्यक रहेको बताएका छन्। उनले दुई दशक अघि फेसबुक निर्माण गर्दा प्रविधिको प्रयोग गर्न नसकेको उल्लेख गरेका छन्।

“यदि तपाईंले २० वर्ष पहिले कुनै पनि काम सुरु गर्नुहुन्थ्यो भने, तपाईंले आफ्नो कम्पनी भित्र सबै कुरा आफैं निर्माण गर्नुपर्थ्यो। तर अब त्यसमा मद्दत गर्नका लागि उत्कृष्ट प्लेटफर्महरू उपलब्ध छन्,” यस हप्ता अयोजित एक सम्मेलनमा मेटाका सीईओले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

एआई जस्ता प्रविधिहरू प्रयोग गर्नाले आजका संस्थापकहरूलाई कम्पनीको मूल विचारमा ध्यान केन्द्रित गर्न मद्दत गर्न सक्ने जुकरबर्गले बताएका छन्।

“यसले विश्वभर धेरै राम्रो गुणस्तरका चीजहरू सिर्जना गर्न मद्दत गर्नेछ भन्ने मलाई लाग्छ किनभने अब तपाईंसँग कुनै पनि विचारको ख्याल राख्ने धेरै साना प्रतिभाशाली टोलीहरू हुन सक्छन्” जुकरबर्गले भने।

‘सायद सन् २०२५ मा, मेटाका साथै यसमा काम गरिरहेका अन्य कम्पनीहरूमा एउटा एआई हुनेछ जसले मध्यम–स्तरको इन्जिनियरले जस्तै काम गर्न र कोड लेख्न सक्छ’, जुकरबर्गलाई उद्धृत गर्दैटेलिग्राफले उल्लेख गरेको छ।

Sajilo Visa
easy care