Technology Khabar २४ बैशाख २०८२, बुधबार
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सहकुलपति रघुजी पन्तले आज एक समारोहबीच नन-एलाइन्ड मुभमेन्ट एण्ड अदर डेभलोपिङ्ग कन्ट्रिज साइन्स एण्ड टेक्नोलोजी सेन्टर (एनएएम एस एण्ड टी सेन्टर) को सहकार्यमा साइन्स एण्ड टेक्नोलोजी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टमः प्र्याक्टिसेज एक्सपेरियन्सेजको सहकार्यमा आयोजित विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।
३ दिने सम्मेलनमा नेपाल समेत गरी एनएएम एस एण्ड टी सेन्टरका सदस्य राष्ट्रहरुका ११० जना सूचना प्रविधि र डाटा साइन्सका विज्ञहरुको सहभागिता रहेको छ।
सम्मेलन उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गर्दै माननीय मन्त्री रघुजी पन्तले आजको सूचना प्रविधिको युगमा अधिकतम फाइदा लिनको लागि अनुभवहरुको आदान प्रदानको आवश्यकता औंल्याए।
उनले सूचना प्रविधिका कार्यरत जनशक्तिलाई नेपालमा रहने वातावरण सिर्जना आवश्यक रहेको तर यसमा नीतिगत सुधारमा चुनौती रहेको विचार व्यक्त गरे।
नास्टका क्रियाकलापहरु निरन्तरताका एउटा पाटो भएको तर जनताको जीवन स्तर उकास्न तथा प्रविधि विकासको क्षेत्रमा केही गरेर देखाउने बेला आएको बताए। नास्टसँग देशले आत्मसात गर्ने खालका नयाँ कार्यक्रम छन् भने त्यसलाई छलफलमा ल्याउन र स्रोतको उचित व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको जानकारी दिए।
सम्मेलन आयोजनाको उद्देश्य माथि प्रकाश पार्दै नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले नास्टले विज्ञान तथा प्रविधिको सूचना प्रणालीलाई व्यवस्थित गर्न एक छुट्टै केन्द्रको रुपमा विकास गर्न संरचना तयार गर्ने कार्य प्रारम्भ भएको र अन्तराष्ट्रिय ज्ञान आदान प्रदान गरी भावी रणनीति तयार गर्न यो सम्मेलनको आयोजना गरिएको जानकारी दिए।
उनले सम्मेलनमा ७ ओटा विषयगत क्षेत्र क्रमशःManaging S&T Data in Low-Resource Environments, Current and Emerging Issues in S&T Information Management, Policies and Governance in S&T Data Management, Open Access, Data Sharing and Equitable Access to S&T Knowledge, Early Career Researchers in S&T Information Management, Early Career Researchers in S&T Information Management, Enhancing the Security and Integrity of Information Systems in S&T Domains मा आधारित रहेर १ जना विशेष आमन्त्रित वक्ता ५ ओटा, कीनोट स्पीकरसहित सदस्य राष्ट्रहरुबाट ९ ओटा कार्यपत्र, नेपालबाट १६ ओटा कार्यपत्र तथा १० ओटा पोस्टर प्रस्तुतिकरण हुने जानकारी दिए।
सो अवसरमा नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले नास्टले सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता राखेको जानकारी दिँदै नास्टलाई विज्ञान तथा प्रविधिको सूचना व्यवस्थापनको हवको रुपमा विकास गर्न अग्रसर रहेको बताए।
सो अवसरमा एनएएम एस एण्ड टी सेन्टरका महानिर्देशक डा. अमिताव बन्दोपाध्यायले न्यून आय भएका तथा विकासोन्मुख राष्ट्रहरुबीच सहयकार्य गरेर विज्ञान तथा प्रविधिको विकासको लागि केन्द्रले वैज्ञानिक सम्मेलन र वैज्ञानिक प्रकाशन लगायत विभिन्न माध्यमबाट सहयोग गरिरहेको बताए। यो सूचना प्रविधि व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन यसैको एक भाग रहेको बताए। आगामी समयमा पनि नास्टसितको सहकार्यमा वृद्धि गर्न केन्द्र सकरात्मक रहेको जानकारी दिए।
उक्त सम्मेलनमा नेपालको तर्फबाट प्रा. डा. शशिधर राम जोशीले सूचना प्रविधिको विकास, आर्थिक उन्नतिसँग जोडिएसँगै प्रविधिको उपयोग र विज्ञान तथा प्रविधिको विकास गरेर मात्र राष्ट्रको विकास हुन सक्छ भन्ने विषयमा केन्द्रित रहेर प्रस्तुति दिए।
विज्ञान तथा प्रविधिको सूचना प्रणालीको व्यवस्थापनमा आगामी दिनमा तय गर्नुपर्ने मार्ग चित्र यो सम्मेलनले दिने लक्ष्यका साथ चलिरहेको यो सम्मेलनको समापन माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्रीले गर्ने गरी व्यवस्थापन गरिएको छ।
प्रकाशित: २४ बैशाख २०८२, बुधबार