आर्टिफिसियल इन्टेलिजेन्स

न्यूरालिङ्कको बोल्ने समस्या भएका व्यक्तिहरूको लागि डिजाइन गरिएको चिपले एफडीएबाट पायो “ब्रेकथ्रु” ट्याग

न्यूरालिङ्कको बोल्ने समस्या भएका व्यक्तिहरूको लागि डिजाइन गरिएको चिपले एफडीएबाट पायो “ब्रेकथ्रु” ट्याग
Global IME Bank

ईलन मस्कको ब्रेन इम्प्लान्ट कम्पनी न्यूरालिङ्कले गम्भीर बोल्ने समस्या भएका व्यक्तिहरूको सञ्चार पुनःस्थापना गर्न बनाइएको उपकरणका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट “ब्रेकथ्रु” ट्याग प्राप्त गरेको जनाएको छ। कम्पनीले बिहीबार एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै यस्तो जानकारी दिएको हो।

कम्पनीका अनुसार यो उपकरण एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस), स्ट्रोक, मेरुदण्ड घाइते, सेरेब्रल पाल्सी, मल्टिपल स्क्लेरोसिस लगायतका अन्य स्नायुगत समस्याबाट पीडित व्यक्तिहरूलाई सहयोग पुर्‍याउनेछ।

एफडीएको वेबसाइटअनुसार ब्रेकथ्रु डिभाइस कार्यक्रमले यस्ता चिकित्सा उपकरणहरूको विकास, मूल्याङ्कन र समीक्षा प्रक्रिया छिटो पारेर बिरामी र स्वास्थ्यकर्मीलाई समयमै पहुँच सुनिश्चित गराउने उद्देश्य राखेको छ।
एफडीए र न्यूरालिङ्क दुवैले प्रतिक्रिया अनुरोधमा तुरुन्त जवाफ नदिएका रोयटर्सले उल्लेख गरेको छ।

Sajilo Visa
easy care