सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रुपमा सञ्चालनमा ल्याइने

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रुपमा सञ्चालन गरिने घोषणा गरेका छन्।

यसका साथै उनले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई थप प्रभावकारी बनाइने बताएका छन्।

‘सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारको लागि डिजिटल इकोसिस्टम निर्माण गरिनेछ’, उनले भने।

 

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया