सन् २०२६ सम्ममा मेटाको आधा कोड एआईद्वारा लेखिने जुकरबर्गको भविष्यवाणी

  • Technology Khabar | १८ बैशाख २०८२, बिहीबार
सन् २०२६ सम्ममा मेटाको आधा कोड एआईद्वारा लेखिने जुकरबर्गको भविष्यवाणी

काठमाडौं ।

मेटाको आर्टिफिसियल इन्टेलिजेन्स विकासकर्ताहरूको लागि आयोजित सम्मेलनको क्रममा सीईओ मार्क जुकरबर्गले सफ्टवेयर विकासमा एआई प्रयोग गर्ने महत्वाकांक्षी योजनाहरूको खुलासा गरेका छन्।

माइक्रोसफ्टका सीईओ सत्य नाडेलासँगको कुराकानीमा जुकरबर्गले अर्को वर्षसम्ममा आर्टिफिसियल इन्टेलिजेन्स “मेटामा लेखिएको कोडको लगभग ५० प्रतिशत सम्मको लागि जिम्मेवार हुन सक्छ” भनि भविष्यवाणी गरेका छन्।

एआईले पहिले नै माइक्रोसफ्टमा २०–३० प्रतिशत कोड लेख्ने गरेको र केही परियोजनाहरू पूर्ण रूपमा एआईद्वारा उत्पन्न हुन्छन् भनि नाडेलाले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

साथै जुकरबर्गले भविष्यको कल्पना गर्दै इन्जिनियरहरूले एआई एजेन्टहरूको टोलीहरू व्यवस्थापन गर्ने प्राविधिक नेताहरूको रूपमा काम गर्ने बताएका छन्।

छलफलले प्राविधिक उद्योगमा बढ्दो प्रवृत्तिलाई हाइलाइट (स्पष्ट देखायो) गर्दै एआई केवल एक उपयोगी उपकरण हुनुको सट्टा कोड क्रियसन (सिर्जना) गर्ने एक प्रमुख खेलाडी बन्दै गइरहेको भनि प्रशंसा गरेको उल्लेख गरिएको छ।

जुकरबर्ग र नाडेलाले एआई–संचालित भविष्यको लागि उनीहरूको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै एजेन्ट प्रणालीदेखि विश्वव्यापी आर्थिक प्रभावसम्मका र एआईको व्यापक प्रभावको बारेमा पनि कुरा गरेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १८ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १८ बैशाख २०८२, बिहीबार