
काठमाडौं ।
सोनी समूहले सेमिकन्डक्टर डिभिजनलाई छुट्टै व्यावसायिक संस्थामा विभाजन गर्न सक्ने ब्लूमबर्गले रिपोर्ट गरेको छ। जापानी कम्पनीले चिप व्यवसायको अधिकांश ठूलो हिस्सा शेयरधारकहरूलाई वितरण गर्ने र स्पिनअफ (विभाजन) पछि सानो हिस्सा आफ्नै लागि कायम राख्ने विचार गरिरहेको यस विषयमा जानकार व्यक्तिहरूले बताएका छन्।
परिवर्तन यस वर्षको सुरुमै हुन सक्ने र छलफल अझै जारी रहेको बताइएको छ। सार्थ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क पछि बजारको अस्थिरतालाई विशेष ध्यानमा राख्दै छलफल गरिएको बताइएको छ।
अरबपति लगानीकर्ता डान लोएबको सुझावलाई पछ्याउँदै सोनीले आफ्नो शेयरधारक मूल्यमा अर्बौं डलर ल्याउन आफ्नो केही व्यवसायको केही भाग बेच्न लागेको बताइएको छ। जापानी कम्पनीले धेरै वर्षदेखि यो विचारको विरोध गरेको तर सन् २०२० मा संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन बिक्री गरेपछि यो परिवर्तन हुन थालेको उल्लेख गरिएको छ।
एप्पल, गुगल र शाओमी जस्ता प्रमुख स्मार्टफोन कम्पनीहरूले प्रयोग गर्ने क्यामरा सेन्सरहरूको लागि सेमिकन्डक्टर व्यवसाय जिम्मेवार रहेको छ। गत आर्थिक वर्षमा डिभिजनले लगभग १.७ ट्रिलियन जापानी येन (१२ बिलियन अमेरिकी डलर) बिक्री देखेको उल्लेख छ। तर सम्पूर्ण एकाइ नयाँ कम्पनीमा विभाजित हुनेछ कि छैन भनेर थाहा पाउन पर्खिनु पर्नेछ।
इमेजिङ र सेन्सिङ व्यवसायहरू २५ प्रतिशत वृद्धिबाट १० प्रतिशत भन्दा बढीमा स्थिर रूपमा घटेका छन् भनि ब्लूमबर्गले औंल्याएको छ। यसको विपरित, सोनीको गेमिङ र म्युजिक सेगमेन्ट (क्षेत्र) हरूले नाफा वृद्धिको नेतृत्व गरेको उल्लेख छ। डिसेम्बर त्रैमासिकमा गेम्समा ३७ प्रतिशत र म्युजिकमा २८ प्रतिशत सञ्चालन आम्दानी भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १७ बैशाख २०८२, बुधबार