डिजिटल बोर्डहरु ह्याक हुने क्रम बढदो छ, सुरक्षित पासवर्ड प्रयोग गर्नुहोस्: नेपाल प्रहरी

  • Technology Khabar | १६ बैशाख २०८२, मंगलवार
डिजिटल बोर्डहरु ह्याक हुने क्रम बढदो छ, सुरक्षित पासवर्ड प्रयोग गर्नुहोस्: नेपाल प्रहरी

काठमाडौं ।

नेपाल प्रहरीले हाल देशका विभिन्न ठाउँमा राखिएका डिजिटल बोर्डहरु ह्याक हुनुको मुख्य कारण डिफल्ट युजरनेम तथा पासवर्ड नै प्रयोग गर्नु वा कमजोर पासवर्ड राख्नु रहेको जानकारी दिएको छ।

प्रहरीले आफ्नो एक्स एकाउन्टमा आज एक सूचना जारी गर्दै यसरी सूचना जारी गर्नका लागि राखिएका डिजिटल बोर्ड निर्माण गरेका ठाउँबाट दिइएको युजरनेम र पासवर्ड नफेरी चलाउनाले वा फेरेको पासवर्ड बलियो र सुरक्षित नभएका कारण सजिलै ह्याक भइरहेका बताएको हो।

यसैले आफ्ना यस्ता बोर्डहरुमा सुरक्षित र बलियो पासवर्डको प्रयोग गरी ह्याक हुनबाट बच्न प्रहरीले सम्बन्धित सबैमा सूचित गरेको छ।

प्रकाशित: १६ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार