ताजा समाचार

महामारी समयको लोकप्रिय भिडियो गेम नयाँ संस्करणमा आउँदै

महामारी समयको लोकप्रिय भिडियो गेम नयाँ संस्करणमा आउँदै
Global IME Bank

कोरोनाभाइरस महामारीको समयमा धेरै मानिसहरूले खेलेको लोकप्रिय भिडियो गेम ‘एमङ्ग अस’ नयाँ संस्करणमा आउने भएको छ।

एमङ्ग अस थ्रीडी आगामी मे महिनाको ६ तारिखमा रिलिज हुनेछ। उक्त खेल मूल रूपमा भीआर विशेष हुने उद्देश्यले बनाइएको थियो। तर, इनरस्लोथ र शेल गेम्सको विकास टोलीले महँगो भीआर गियर नभएकाहरूका लागि यसको उपलब्धता विस्तार गर्ने निर्णय गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

मेटा क्वेस्ट, पीएसभीआर२, स्टीम भीआर हेडसेटहरू र पीआईसीओ डिभाइसहरूसँग एमङ्ग अस थ्रीडी उपयुक्त हुने बताइएको छ भने क्रस–प्ले समर्थनमार्फत स्टीम खेलाडीहरू सँगै सामेल हुन सक्नेछन्।

महामारीको समयमा अत्यधिक लोकप्रियता प्राप्त गरेको सन् २०१८ को मूल खेलबाट खेलाडीहरूले सबै परिचित एक्सन (कार्य) हरूका साथै नयाँ मोडहरू र थपहरू कुराहरु अपेक्षा गर्न सक्नेछन्।

यस बाहेक नयाँ ‘स्किन’ र ‘लटिल ह्याटस्’ का साथै सीमित अवधिको साथ भ्वाइस च्याटहरू जस्ता धेरै कस्मेटिक थपहरू पनि उपलब्ध हुने बताईएको छ।

Sajilo Visa
easy care