अनुभवी चिनियाँ अन्तरिक्षयात्रीले अन्तरिक्ष स्टेसनमा नयाँ दलको नेतृत्व गर्दै

  • Technology Khabar | १० बैशाख २०८२, बुधबार
अनुभवी चिनियाँ अन्तरिक्षयात्रीले अन्तरिक्ष स्टेसनमा नयाँ दलको नेतृत्व गर्दै

काठमाडौं ।

एक अनुभवी अन्तरिक्षयात्रीले यस हप्ता देशको तियाङगोङ अन्तरिक्ष स्टेसनमा पहिलो उडानमा दुई चालक दलका सदस्यको नेतृत्व गर्ने चीनले बुधबार घोषणा गरेको छ।

शेनझोउ–२० मिसन बिहीबार साँझ ५ः१७ बजे (०९१७ जिएमटी) उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण हुने तय भएको चीन म्यान्ड स्पेस एजेन्सीका उप निर्देशक लिन सिकियाङले एक पत्रकार सम्मेलनमा घोषणा गरे।

छयालिस वर्षीय पूर्व लडाकू पाइलट तथा अनुभवी अन्तरिक्ष अन्वेषक चेन डोङ सन् २०२२ मा दुई सय दिनभन्दा बढी कक्षामा बस्ने पहिलो चिनियाँ अन्तरिक्ष यात्री बनेका थिए।

चेनसँगै अन्य दुई पुरुष अन्तरिक्षयात्री ४० वर्षीय पूर्व वायुसेना पाइलट चेन झोङरुई र ३५ वर्षीय पूर्व अन्तरिक्ष प्रविधि इन्जिनियर वाङ जिए रहनेछन्। दुवै जना आफ्नो पहिलो अन्तरिक्ष उडानमा निस्कने लिनले बताए।

हाल तियाङगोङ अन्तरिक्ष स्टेसनमा रहेको चालक दल आगामी अन्तरिक्ष यात्रीहरूसँग हस्तान्तरण प्रक्रिया पूरा गरेपछि अप्रिल २९ मा पृथ्वीमा फर्कने कार्यक्रम रहेको लिनले जानकारी दिए।

मानवलाई कक्षमा राख्ने तेस्रो चीनको अन्तरिक्ष कार्यक्रमले मङ्गल र चन्द्रमामा रोबोटिक रोभरहरू पनि अवतरण गरेको छ।

प्रत्येक छ महिनामा आदानप्रदान हुने तीन अन्तरिक्ष यात्रीको टोलीद्वारा सञ्चालित तियाङगोङ अन्तरिक्ष स्टेशन देशको अन्तरिक्ष कार्यक्रमको मुकुट रत्न हो।

चीनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा आफ्नो ‘अन्तरिक्ष सपना’ हासिल गर्ने योजना बनाएको छ।

बेइजिङले सन् २०३० सम्ममा चन्द्रमामा चालक दल पठाउने लक्ष्य राखेको छ। त्यहाँ यसले चन्द्रमाको सतहमा आधार निर्माण गर्ने योजना बनाएको छ। रासस/एएफपी

प्रकाशित: १० बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार