टर्की आफ्नै भूउपग्रह उत्पादन गर्ने ११ देश मध्ये एक बनेको राष्ट्रपति एर्दोआनको भनाई

  • Technology Khabar | १० बैशाख २०८२, बुधबार
टर्की आफ्नै भूउपग्रह उत्पादन गर्ने ११ देश मध्ये एक बनेको राष्ट्रपति एर्दोआनको भनाई

काठमाडौं ।

टर्की अब आफ्नै सञ्चार भूउपग्रह उत्पादन गर्न सक्ने ११ देशहरूको श्रेणीमा सामेल भएको टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोआनले बताएका छन्।

राजधानी अंकारामा टर्कस्याट ६ए को सञ्चालन समारोहमा बोल्दै, टर्कीका राष्ट्रपति एर्दोआनले ८० प्रतिशतभन्दा बढी घरेलु उत्पादनमा विकसित टर्कस्याट ६ए का साथ, टर्की आफ्नै सञ्चार भूउपग्रह उत्पादन गर्न सक्ने ११ देशहरू मध्ये एक बनेको बताएको उल्लेख गरिएको छ।

“टर्कस्याट ६ए को लन्चसँगै, टर्की भूउपग्रहहरूद्वारा विश्वव्यापी जनसंख्या कभरेज ३.५ अर्बबाट बढेर ५ अर्ब हुनेछ” राष्ट्रपति एर्दोआनले बताए।

प्राप्त फाइदाहरूसँगै, राष्ट्रिय अन्तरिक्ष कम्पनी स्थापना गर्न आफ्नै राष्ट्रिय स्याटेलाइट ब्रान्ड सिर्जना गर्ने महत्त्वपूर्ण अवसरहरू रहेको एर्दोगानले थप बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १० बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...