Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
मोटोरोला र सामसङका स्मार्टफोनहरूमा आर्टिफिसियल इन्टेलिजेन्स पर्प्लेक्सिटी लन्च गर्ने वार्तामा पुगेको रिपोर्ट आएको छ।
मोटोरोला स्मार्टफोनहरूमा आफ्नो एआई खोज इन्जिन लोड गर्ने सम्झौतामा पुगेको छ र सामसङ इलेक्ट्रोनिक्ससँग पनि यस्तै सम्झौताको लागि वार्ता भइरहेको यस विषयमा जानकार व्यक्तिहरूलाई उदृत गर्दै ब्लूमबर्गले रिपोर्टगरेको छ।
पर्प्लेक्सिटी र मोटोरोलाले आफ्नो एआईलाई मोटो फोनमा एकीकृत गर्न गोप्य रूपमा सम्झौता गरेको बताईएको छ। मोटोरोला सम्झौता यसै महिना घोषणा गरिनुपर्छ, जबकि सामसङ वार्ता अझै प्रारम्भिक चरणमा रहेको रिपोर्टले भन्यो।
सामसङका फोनहरूमा बिक्सबीको पुनरागमन नभई, पर्प्लेक्सिटी भनिने नयाँ एआई हो। यो आगामी दिनमा गुगल जेमिनीको प्रत्यक्ष प्रतिद्वन्द्वी हुनसक्नेछ।
सामसङसँगको सम्झौतामा प्रयोगकर्ताहरूलाई पर्प्लेक्सिटीलाई पूर्वनिर्धारित एआई सहायकको रूपमा सेट गर्ने वा सामसङ डिभाइसहरूमा एप प्रिलोड गर्ने विकल्प दिन सकिनेछ।
सामसङ र गुगलबीच धेरै नजिकको साझेदारी छ, जसले गर्दा पर्प्लेक्सिटीसँगको यो सम्झौता ठूलो चुनौती बन्न सक्छ। सामसङ र गुगलले सर्कल टु सर्च जस्ता फोनहरूमा केही सबैभन्दा उन्नत एआई सुविधाहरू ल्याउन सहकार्य गरेका छन्। गुगलको जेमिनीले सामसङका डिभाइसहरूमा धेरै अन्य एआई सुविधाहरूलाई पनि शक्ति प्रदान गर्दछ।
यसका साथै सामसुङले निकट भविष्यमा पर्प्लेक्सिटीमा अर्को लगानी गर्ने बारेमा छलफल गरिरहेको स्रोतहरूले बताएको रिपोर्टमा उल्लेख छ। स्टार्टअपले लगानीकर्ताहरूसँग नयाँ चरणको कोषको लागि व्यापक वार्ता गरिरहेको छ, जसले यसको मूल्याङ्कन दोब्बर गरी १८ अर्ब अमेरिकी डलर पुर्याउनेछ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार