Technology Khabar २९ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चित्तवनबाट निकै रुचाइएको दिपल इभीहरुको विक्रीवितरणलाई औपचारिक रुपमा सुरु गरेको छ।
बुधबार आयोजना भएको विशेष कार्यक्रममा चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गर्नु भएको हो।
दिपल इभी सार्वजनिक गर्दै चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चित्तवनमा चांगानको सफलताको कामना गरे। साथै उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सय वटा भन्दा दिपल बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए।
उनले दिपलको बिक्री र बिक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चित्तवनका लागि राजहंस अटोमोबाइल जोडिएकोमा धन्यवाद पनि प्रकट गरे।
प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार