इन्टरनेट बैंकिङमार्फत् हुने रकम र कारोबार बढ्ने प्रवृत्तिले फागुनमा पनि पायो निरन्तरता

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

नेपालमा पछिल्लो दुई महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ माघ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम थोरै मात्र भए पनि उकालो लाग्ने प्रवृत्ति देखिएको हो।

आर्थिक वर्ष २०८०/८१ को पौषबाट माघमा जाँदा सङ्ख्या १२ हजार ८६० बढेर समग्रमा ३ लाख ९१ हजार ४०५ मा पुगेकोमा माघबाट फागुनमा जाँदा पनि कारोबार सङ्ख्यामा १९ हजार ३१९ बढेर ४ लाख १० हजार ७२४ मा पुगेको विवरणमा उल्लेख छ।

कारोबार रकमका हिसाबले हेर्दा पौषबाट माघमा पुग्दा  ६६ करोड ३० लाख रुपैयाँले बढेकोमा माघबाट फागुनमा पुग्दा भने झिनो अर्थात् १ करोड रुपैयाँले बढेको पाइएको छ।

यस अर्थमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्लो दुई महिनामा बढेको हो।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया